• अभिभावक को दाहित्व
    ----*----
    एक मास्टर साब ले आफ्नो छोराको लागि बिबाह बन्धनको बारेमा टुंगो गरे ।

     

    केहिदिन पछि , मास्टर साब हुनेवाला सम्धी को घरमा गए त्यहा देखे कि हुनेवाली सम्धिनी खाना बनाइ रहेकी थिइन् भने सबै बच्चाहरु र हुनेवाली बुहारी TV हेरिरहेका थिए । मास्टर साब ले चिया पिए हालखबर सोधपुछ गरे र त्यहाँबाट बाहिर निस्किए ।

     

    एक महिनापछि मास्टर साब सम्धी ज्यु को घरमा फ़ेरि गए त्यहाँ देखे कि हुनेवाला सम्धिनी कुचो पोछा लगाउदै थिइन , बच्चाहरु पढिरहेका थिए र हुनेवाली बुहारी सुतिरहेकी थिइन । मास्टर साब ले त्यहाँ खाना खाए र त्यहाँबाट बिदाभए ।

     

    केहिदिन पछि , मास्टर साब केही कामले फ़ेरि हुनेवाला सम्धी ज्यु को घरमा गए । घरमा देखे कि हुनेवाला सम्धिनी भाँडाकुँडा माझिरहेकी थिइन् , बच्चाहरु Tv हेरिरहेका थिए र हुनेवाली बुहारी आफ्नो नङ मा नेलपालिस लगाई रहेकी थिइन.. ।

     

    मास्टर साब घर आएर धेरै नै सोचबिचार गरे केटि पक्षलाई यो खबर पठाए कि हामिलाई यो सम्बन्ध मन्जुर छैन ।

     

    ...... कारण सोध्दा मास्टर साब ले भने कि "म हुनेवाला सम्धी ज्यु को घरमा तीन पटक गएँ" तीन पटक सिर्फ सम्धिनी ज्यु नै घरको कामकाजमा ब्यस्त देखिन्थिन । एक पटक पनि मैले हुनेवाला बुहारी लाई घरको कामकाज गर्दैगरेको देखिन । जुन छोरी ले आफ्नो साख्य आमालाई हरेक समय काममा ब्यस्त देखेर पनि उनको मद्दत गर्नका लागि सोच्दिन , उमेर ढल्किदै गरेकी आमालाई जवान छोरिले काममा सघाउने भावना राख्दिन ।

     

    उसले कुनै अरुको आमा र कुनै अपरिचित परिवार को बारेमा सोच्छे र ....मलाई मेरो छोराको लागि एउटि बुहारिको आवश्यकता छ । कुनै गुलाफ को फुल को हैन, जो कुनै फुल लाई ल्याइ सजाउनको लागि चुरेस्टिन खोजेको हैन ।

     

    त्यसैले सबै आमा बुबाले यो सानोसानो कुरालाई अवश्य ध्यान दिन जरुरी छ । छोरी जतिपनी प्यारी किन नहोस् । उसलाई घरको कामकाज अवश्य गराउनुपर्छ । समय-समयमा गाली गर्नु पनि पर्छ । जसलाई श्रीमानको घरमा धेरै कामको लोड पर्दा या गाली सहनुपर्दा उसले गलत फैसला गर्ने बिचार नआओस् ।

     

    हाम्रो घरमा छोरिको जन्म हुन्छ , हाम्रो जिम्मेवारी , छोरिबाट "बुहारी" बनाउने सम्म हो ।
    यदि हामिले , आफ्नो जिम्मेवारी राम्रोसँग ले निभाएनौ भने , छोरिमा बुहारिको संस्कार दिएनौ भने यसको सजाय छोरिलाई त मिल्छ नै साथमा आमा बुबालाई पनि मिल्छ जिन्दगीभर गालिको बर्षाहरु.....

     

    जो कसैलाई सुन्दर , सुशील बुहारी चाहिन्छ । तर साथिहरु जब हामी आफ्नो छोरिहरुमा एक राम्रो बुहारिको संस्कार दिन्छौं तब न हामिलाई संस्कारी बुहारी मिल्छ?

     

    यो सत्य कुरा कोहिकोही मान्छेहरुलाई नपच्न पनी सक्छ तर पढ्नुहोस् र बुझ्नुहोस .... बृद्धआश्रममा आमा बुबालाई देखेर सबै मान्छेहरु ले छोरालाई नै दोषी सम्झिन्छन । तर यो कसरी बिर्सन्छन कि आमा बुबालाई त्यहाँ पठाउन लाई कसैको छोरिको पनि अहम भुमिका हुन्छ भनेर । नत्र छोरा ले आफ्नो आमा बुबालाई आफ्नो बिबाह हुनु अगाडि नै किन बृद्धआश्राम पठाउदैन ।।
    ********

    santosh सन्तोष कार्की मौसुफ

    सन्तोष कार्की मौसुफ

    साथिहरु पोस्ट कस्तो लाग्यो...
    मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
    म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

सम्वन्धित समाचार

 सञ्जय मिश्रा रौतहट, २१ फागुन। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरात…

काठमाडाैं, १७ माघ । झापाको बिर्तामोडमा पहिलो पटक गजलसम्बन्धी बिशेष कार्यक्रम हुने भएको छ । नेपाल गज…

किशोर कुमार राजवंशी नारी स्वच्छ र निस्वार्थताकी प्रतिक,  महानताकी नमुना जो हुन धैर्यताकी बाँध।&nbs…

 दमौली, १३ असार   तनहुँका स्थानीय तहले पर्यटन क्षेत्रलाई प्राथमिकता दिएका छन् । यहाँका स्थानीय …