• सोमबार १ भदौ, २०७७

    अर्जुन जम्नेली राई

    \मोरङ । कोरोना भाइरस नियन्त्रण गर्न स्थानीय सरकारले लकडाउन गरेपछि शिकारीले जंगली जनावर मार्न नयाँ नयाँ प्रयोग गर्न थालेको तथ्य खुलेको छ ।

    मोरङको पथरी शनिश्चरे नगरपालिका स्थित हरियाली सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा धातुको पासोमा पारेर चित्तल मारेको अवस्थामा सोमबार (भाद्र १) फेला परेपछि सो तथ्या खुलेको हो । हरियाली सामुदायिक वन भित्र स्टीलको तार (मोटराइलको ब्रेकको तार) प्रयोग गरेर मारेको अवस्थामा चित्तलसहित दुई जना शिकारी पक्राउ परेका छन ।

    पक्राउ पर्नेमा पथरी शनिश्चरे–१ का २६ बर्षिय चित्रबहादुर श्रेष्ठ र भोजपुर बलगाउँ–५ घरभइ पथरी बस्दै आएका २१ बर्षिय विश्वबन्धु भनेर चिनिने विकाश राई रहेका छन । जस मध्ये विकाश राई केही समय अघि पनि यस्तै मुद्धामा परेर तारिक धाउदै आएको व्यक्ति भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले बताए ।

    पासोमा पारेर मारेको करिव ६० किलोको चित्तल घिस्याएर लादै गरेको आवस्थामा दुई जना पक्राउ परेको सब डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले बताए ।

    शिकारीहरुले भरुवा बन्दुकले गोली हानेर मृग, बँदेल लगायतको शिकार गर्दै आएका थिए । बन्दुकको आवाज टाढासम्म पुग्ने र पक्राउ पर्ने खतरा बढेपछि पछिल्लो समय पासो थापेर जंगली जनावरको शिकार गर्न थालेको हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष विकास मगरले बताए ।

    सोमबार विहान करिव ८ बजे हरियाली वन हेरालुहरुले जंगलभित्र पासोमा परेको चित्तल फेला पारे । त्यसपछि उनीहरुले समूहका अध्यक्ष काबुलबहादुर मगर मार्फत वन रक्षक र प्रहरीलाई जानकारी गरेका थिए । प्रहरी, वन रक्षक र समूहका पदाधिकारीहरुको टोलीले चित्तल भएको जंगल क्षेत्रमा घेरा हालेर शिकारी पक्राउ परेको शसस्त्र वन रक्षक जमदार टंक बिकले बताए । उनीहरुसँग झोलामा एउटा दाउ, छुरी र ४० वटा पासो मसेत पक्राउ परेको छ । बेलुका पासो थाप्ने र विहान परे नपरेको हेर्न आउने गरेको बुझिएको छ ।

    पाँचदिन अघि पनि हरियाली सामुदायिक वनबाट हेरालुहरुले मृगलाई थापेको करिव तीन सय पासो थापिरहेको स्थानबाट उठाएर ल्याएका थिए । बन्दुकले गोलि हानेर शिकार गर्दा जोखिम भएपछि शिकारीहरुले पासो थापेर मृग र बँदेलको शिकार गर्न थालेको हरियाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष काबुलबहादुर मगरले बताए ।

    पक्राउ परेका दुवै जनालाई वन ऐन अनुसार कडा कारबाही गर्ने डिभिजन वन कार्यालय पथरीका प्रमुख महोमद अलाउदिनले बताए । पथरीबाट यस अघि पनि पटक पटक चोरी शिकारी भएको मृग, मानिससहित मासु र मोटरसाइकल पक्राउ पर्दै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…