• काठमाडौं, मंसिर २९ गते । नेपालमा कोरोना भाइरसका ८२१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा ८४२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरणमा उल्लेख गरिएकाे छ । थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमित दुई लाख ४९ हजार २४४ पुगेको छ ।

    एक हजार पाँचसय जना निको भएर घर फर्केको जनाएको छ । हालसम्म दुई लाख ३६ हजार ५७३ जना सङ्क्रमित निको भएका छन् ।

    मन्त्रालयका अनुसार हाल दश हजार ९५५ जनामा मात्रै भाइरसको सङ्क्रमण सक्रिय छ । नेपालमा निकाे हुने दर बढिरहेकाे छ । अहिले नेपालमा निकाे हुने दर ९४.९२ प्रतिशत रहेकाे छ ।

    पछिल्लो चौबीस घण्टामा पाँच हजार ४२३ जनाकाे आरटीपीसीआर परीक्षण गरिएको छ । मन्त्रालयले हालसम्म १८ लाख ३६ हजार ४६४ जनाको आरटीपीसीआर परीक्षण गरिएको जनाएको छ । नेपालमा अहिले ४७१ जना क्वारेन्टिनमा छन् ।

    पछिल्लो चौबीस घण्टामा १८ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । उक्त मृतकसँगै नेपालमा कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेको संख्या एक हजार ७१८ पुगेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…