देवि काफ्ले
बसन्त ऋतुको आगमन संगै
नयां नयां पालुवासंगै
बिहानीको सिर्सिरे बताससंगै
नयां साल भित्रिएको छ।
दुखीको दुःख हरण होस्
पिडितको पिडा नाश होस् ग
रीबिमा रुनु नपरोस्
उपचार बिना मर्नु नपरोस
अन्धकार मा जिउनु नपरोस्
कसौंडीमा ढिंडो र गुन्द्रुक नरीत्तीओस
शरीर बोराले ढाक्न नपरोस्।
सबैमा नयां सालको शुभकामना
नेताहरूमा सद्बुद्धि पलाओस
देशले पैसा फलाओस्
कार्यकर्ताको भुंडी भरीयोस
जनता मरे मरीयोस
बलात्कारीलाई फांसी लुटाहा र फटाहालाई
रांची भ्रष्टलाई जेल हत्यारालाई नेल।
सबैलाई शुभकामना।
बिदेशियका युवा घर फर्कुन
ईयुका दलाल सबै तर्कुन
जनताले शान्तिको सास फेरून
पशुपतिनाथ ले सबैलाई हेरून सबैलाई २०७५को शुभकामना