दमक /असार १८
झापाको गौरादह नगरपालिका वडा नम्बर १ डिपु चोक नजिकै मे ३ ख ७४८४ नम्बरको ट्रीपरको ठक्करले मे ४ प १४७४ नम्बरको मोटर साईकललाई ठक्कर दिदा घटना स्थलमै २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह १ का दिलिप बराल र झापाकै बाहुनडागिका नेल्सन भन्डारी रहेका छन् । घटनामा एक जनाको घाईते भएको तर घाईतेको परिचय खुल्न नसकेको अस्थाई ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । घाईतेको गौरादहकै मदन मेडिकल हलमा प्राथमिक उपचार भै रहेको छ ।