• काठमाडौं, १८ असार । विश्वकप २०१८ अन्तर्गत नकआउट चरणको छैठौं खेलमा बलियो टोली बेल्जियमसँग एसियाली मुलुक जापान खेल्दैछ । रसियाको रोस्तोेभ–न–दन शहरमा आयोजना हुने यो खेल नेपाली समय अनुसार राती ११ः४५ मा सुरु हुनेछ ।

    समुह चरणको ३ खेलमा शतप्रतिशत नतिजा निकालेको बेल्जियम यो विश्वकपमा उत्कृष्ट देखिएको छ । यस्तोमा विश्वकप इतिहासमा तेश्रो पल्ट क्वार्टरफाइनल पुग्ने उद्देश्य सहित मैदानमा उत्रने बेल्जियमले जापानको चुनौती पन्छाउनुपर्ने अवस्था आएको छ ।

    पछिल्लो २२ खेलमा अपराजित रहेको बेल्जियमले आजको खेलमा जितेमा क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछ । इंग्ल्याण्ड विरुद्ध ६ जना प्रमुख खेलाडिलाई आराम दिइ खेलेकोमा पनि जित हात पारेको बेल्जियमले जापान विरुद्ध पनि आक्रामक  खेल्ने पक्का छ । यस्तोमा जापानले पनि यस प्रतियोगितामा हाल सम्म खेलिरहेको आक्रामक रणनिती अपनाउँछ कि रक्षात्मक भएर खेल्छ , त्यो हेर्न धेरै समय कुर्नु पर्नेछैन ।

    अर्कोतर्फ जापानले समुह चरणको पहिलो खेलमा कोलम्बीया जस्तो बलियो टोलीलाई हराइ ३ खेलमा ४ अंक जोडेपछि फेयर प्लेको आधारमा नकआउट चरणमा स्थान बनाएको हो । अनुभव पर्याप्त भएको यो टोली विश्वकप इतिहासमा पहिलो पटक क्वार्टरफाइनल पुग्न लालायित छ ।

    आजको खेलमा विजयी टोलीको क्वार्टरफाइनल निश्चीत भएको र पराजित टोली विश्वकपबाट बाहिरिने भएकोले यो खेल प्रतिस्पर्धात्मक हुनेछ । आज विजयी हुने टोलीले क्वार्टरफाइनलमा ब्राजील र मेक्सिको बिचको विजेताको सामना गर्नुपर्नेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…