उर्लाबारी । मोरङको कानेपोखरी–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेव रहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिएका छन् । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर ती बालकको मृत्यु भएको हो ।
शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको जनाइएको छ ।