• काठमाडौँ — संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले सोमबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक माथिको दफाबार छलफल सकेको छ । संशोधनकर्ता सांसदहरुसँग दफावार छलफल सकिएको उपसमितिका संयोजक भैरवबहादुर सिंहले जानकारी दिए ।
    दुई दिन लगाएर विधेयक माथि संशोधन दर्ता गराएका सांसदहरुसँग छलफल गरिएको हो ।

    सामुहिक र छुट्टाछुट्टै गरी २२ वटा संशोधन दर्ता भएको थियो । आइतबार प्रस्तावना र दफा १६ सम्म छलफल भएको थियो । सोमबार सबै दफाको छलफल सकिएको सिंहले बताए । ‘केहि सरोकारवाला सँग छलफल गर्न बाँकी छ, छलफलमा डाकेर प्रतिवेदन बनाउँछौं,’ उनले भने ।



    उपसमितिले प्रतिवेदन बुझाएपछि समितिले विधेयक संसदमा दर्ता गर्नेछ । संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने गरी काम सक्ने समितिले जनाएको छ ।

    प्रतिनिधि सभाको नियमावली २०७५ को नियम १८२ अनुसार समिति अन्र्तगत चिकित्सा शिक्षा विधेयक माथि दफावार छलफल गरि समितिमा प्रतिवेदन पेश गर्न उपसमिति गठन भएको हो । दफावार छलफलका क्रममा बोल्ने सांसदहरुले सरकारका डा. गोविन्द केसीबीच भएको सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन् । कान्तिपुर बाट






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…