• अमेरिकालाई कर्मथलो बनाउदै आएकी आशा सुहाङ ललितपुरको लेलेमा कलाकर्मिहरूको माझँमा रम्दै गरेको भेटिइन् । आफ्नो भाषा, संस्कृति र परम्परालाई अगाध मायाका कारण विगत वर्षहरूमा पनि म्युजिक भिडियो निर्माण गर्न काठमाडौ आएपुगेकी थिइन् ।

    एक्सन... कट... गर्दै थिए, लिम्वु गीतसंगित र मुन्धुमका एक मुर्धन्य व्यक्तित्व यासेली योङ्हाङ । लिम्वु गीत लेखनका महारथी यासेलीलाई यस पटक भने आफ्नो संगीतमा वनेको गीतको निर्देशन गर्ने जागर चलेको देखियो ।

    लिम्वु भाषाको चर्चित चलचित्र नुमाफुङदेखि हालसम्म दर्जनौ म्युजिक भिडियो र चलचित्रमा विभिन्न भूमिकामा उत्रिसकेका कलाकार यासेलीले एक्सन.. कट.. को दौरानमा (हास्दै) भने: भीरमा फल्न नजानेको फर्सि जस्तो अनुहार कति (काचको पर्दा) देखाउने भनेर यसपटक अरुलाई देखाउदैछु ।'

    नौ महिना कोखमा राखेर दश धारा दुध खुवाएर घामपानी गर्दै दुःखजिलो गरेर हुर्काउने आमालाई सन्तानले गरेको मायालाई म्यूजिक भिडियोमा देखाउन खोजिएको तर्फ इङि्गत गर्दै यासेलीले थपे : 'सबै सन्तानको लागि आमाको काख न्यानो र स्वर्ग जस्तो झझल्को दिने भएकाले भिडियो कालजयी हुने समेत विश्वास छ ।'

    चर्चित कोरियोग्राफर दिनेश माङ्मुले सहायक निर्देशन र आशा सुहाङ र सुनिता थेगिमले छायाँकन गरिएको गीतमा स्वर दिएका छन् । भिडियोमा कलाकारहरु आशा सुहाङ, रुकमान लिम्बू, सुक तुम्रोक र बाल कलाकार हरु युना तुम्बापो, शितल राई, टिना राई, टिमन राई आदि छन र भुपेन तुम्बाहाम्फेले क्यामेराको काम गरेका छन ।







सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…