• काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महासमिति मिति नजिकिँदै जाँदा केन्द्रीय नेताहरु गुटगत भेलामा व्यस्थ भएका देशैभरका जिल्ला सभापतिहरु भने नुवाकोटको जम्मा भएर पार्टी नेतृत्वलाई एउटै सन्देश दिने प्रयासमा जुटेका छन् ।

    नुवाकोट काँग्रेसको सक्रियतामा आयोजना गरिएको भेलामा ६४ जिल्लाका सभापति जम्मा भएका छन् । बुधबार बोल्ने सबै जिल्ला सभापतिहरुको साझा धारणा जिल्ला सभापतिहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने र गुट अन्त्य हुनुपर्ने रहेको छ ।

    नुवाकोट पार्टी सभापति जगदिश्वर नरसिंह केसीले आगामी महासमिति बैठकमा जिल्ला सभापतिहरुको साझा धारणा बनाउन सभापतिहरुको भेला आयोजना गरिएको बताए । उनले बुधबार बोल्ने सबै सभापतिहरुले जिल्ला सभापतिलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएको बताए ।

    भेलामा खास गरि पार्टीको नयाँ विधानका विषयमा छलफल भएको छ । विधान संशोधन समितिले केन्द्रीय समितिमा पेश गरेको विधानमा पार्टीका आठ तहका समिति हुने व्यवस्था गरेको छ । जिल्ला सभापतिहरुले कुन तहलाई कस्तो अधिकार हो विधानमै स्पष्ट व्यवस्था हुनुपर्ने बताएका छन् । उनीहरुले सभापतिहरुलाई तोकेरै अधिकार नदिँदा नेतृत्वले हस्तक्षेप गर्ने गरेको भन्दै अब विधानमा तोकिएरै अधिकार दिनुपर्ने आवाज उठाएका छन् ।

    सभापतिहरुको अर्को जोड भनेको पार्टी छिन्नभिन्न भएका बेला गुटवाजीको अन्त्य गर्नुपर्ने रहेको नुवाकोट सभापति केसीले बताए । दुई दिनसम्म चल्ने भेलाले विधानबारे जिल्ला सभापतिको साझा धारणा बनाएर ककनी घोषणा पत्र जारी गर्ने बताए । उनका अनुसार जिल्ला सभापतिहरुले पार्टी भित्रको गुटबन्दी अन्त्य गर्नुपर्नेमा पनि जोड दिएका छन् ।

    उनीहरुले दुई तिहाईको सरकारले जनतामाथि थोपारेका ज्यादतीको सामाना पार्टी एकजुट भएर गर्नुपर्नेमा जोड दिएका छन् । आन्तरिक रुपमा नमिल्दा कम्यूनिष्टले फाइदा उठाएको भन्दै काँग्रेस एकजुट हुनसके कमब्याक गर्न पनि सकिने बताए ।

    भेलामा पार्टी विधान समितिका सदस्यहरु रोल्पा सभापति अमर पुन र ललितपुर सभापति मद अमात्यले प्रस्तावित विधानका व्यवस्थाबारे जानकारी गराएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…