• कुमार खड्का मङ्सिर १३, पथरी

    मोरङको पथरी शनिश्चरे ६ का वडा अध्यक्ष जय बहादुर तामाङको पहलमा वडामा रहेका अतिविपन्न र दलित परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।
    बेलाबेलामा वडामा नयाँ – नयाँ कार्यक्रम ल्याएर चर्चामा आउने गरेका तामाङले यस पटक जाडो मौषममा जाडो छल्नका लागि वडामा रहेका ४० घरपरिवारलाई १÷१ थान कम्मल वितरण गरेका छन् ।
    धरान, विराटनगर लगाएतका स्थानमा रहेका आफ्ना साथिहरुको केही आर्थिक सहयोग र आफ्नो व्याक्तिगत लगानिमा तामाङले न्यानो कपडा वितरण गरेका हुन् ।

    तामाङले वडामा भएका विपन्नको सहारा बन्ने कोशिस गरेका छन् । बुधबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी न्यानो कपडा वितरण गरिएको हो ।
    तामाङले यस अघि गत असोज २४ गते वडाका अतिविपन्न १६ घर परिवारिलाई आर्थिक वर्ष २०७५÷०७६ का लागि विनियोजन गरेको १ लाख रुपैयाको बजेटबाट अतिविपन्न र विद्युत उपयोग गर्न नसक्ने परिवारलाई सोलार वितरण गरेका थिए ।

    यो भन्दा अगाडी पनि तामाङले सोहि बस्तीमा खाना पकाउने सोलार कुकर वितरण गरेका थिए ।
    अबका दिनमा उनिहरुको आर्थिक अवस्था, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नयाँ नयाँ कार्यक्रमहरु बनाएर उनिहरुको जिवन स्तर उकास्न आफु लागि पर्ने तामाङले बताएका छन् ।
    बुधवारको कमल वितरण कार्यक्रमा प्रमुख अतिथि नगर प्रमुख दिलिप कुमार राईले तामाङले नगरमा नै गौरव गर्नुपर्ने काम गरेको भन्दै उनको वयान गरेका थिए ।
    वडामा भएका यस्ता विपन्न परिवारलाई भुइमै सुत्नुपर्ने बाध्यता नहोस भनेर चाडैँ नै नगरको तर्फबाट खाटको व्यवस्थापन गरिने नगर प्रमुख राईले बताए ।

    न्यानो कपडा पाउनेमा वडाका धेरै जसो मुसहर समुदायका रहेका छन् । जाडो सुरु भैसकेको हुदाँ कसैले पनि जाडोमा काम्दै बस्ने वातावरण नहोस भनेर बेलैमा सहयोग गरेको अध्यक्ष तामाङले बताए ।
    अब केही दिनमा पूनः अन्य न्यानो कपडा वितरण गर्ने तयारी रहेको पनि तामाङले बताए । कार्यक्रममा सामाजिक विकास शाखा संयोजक तथा वडा नं. ७ का अध्यक्ष कपिलमणि ढकाल, नगर स्वास्थ्य संयोजक मुरारी आचार्य, समाजसेवी कृष्ण बस्नेत, काजीमान थापा लगाएत दर्जनौँको मानिसको उपस्थीति रहेको थियो ।

    न्यानो कपडा पाएपछि उनिहरुले खुसी व्यक्त गर्दै तामाङलाई धन्यवाद दिएका छन् । वडा अध्यक्ष त आफ्नु देउता नै भएर आएको स्थानीय इन्दिरा दर्जीले बताइन् ।
    न्यानो कपडा पाउने राजकुमार ऋषिदेवले पनि वडा अध्यक्षले धेरै सहयोग गरेको बताए ।

    पथरीशनिश्चरेको तल्लो भुभागमा रेहेको वडा नं.६ पिछडिएको मुसहर समुदायलाई केही राहत महसुस गराउदै अन्य समुदाय सो सरह अगाडि ल्याउन लागि परिरहेका तामाङ पथरीशनिश्चरे नगरबाट स्वतन्त्र उमेरद्वाका रुपमा जित्ने एक मात्र उमेदवार हुन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…