दमक,१६ मंसिर । यहाँस्थित इलाका प्रहरी दमकमा कार्यरत एक प्रहरी जवान आज दिउँँसो मृत भेटिएका छन् । दुई महिना अघि इलाका प्रहरी कार्यालय दमकमा कार्यरत जिल्ला संखुवासभा ,खाँदबारी नगरपालिका वडा नम्बर ३ घर भएका २४ बर्षिय टेकराज पौडेल मृत भेटिएका हुन् ।
दमक– ६ मा रहेको इलाका प्रहरी कार्यालय पछाडि तिर्थराज बजगाईको घरमा डेरा गरि बस्दै आएका पौडेल सलको पासो लगाई आफनै कोडामा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए । डेरामा एक्लै बस्दैआएका पौडेल विहान ड्यूटी सकेर डेरा आएका र दिउँँसो १२ वजे मृत उनी मृत भेटिएका घरधनी वजगाईले बताए । आत्महत्या गर्न अघि उनी र श्रीमतीसंग मोवाइलमा लफडा भएको हुन सक्ने घरधनी वजगाईको अनुमान छ ।
तीन वर्ष अघि प्रहरी सेवामा प्रवेश गरेका पौडेलका श्रीमती इन्दु धनकुटास्थित लेगुवा हुलाक कार्यालयमा कार्यरत रहेको बताईएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।