• दमक,१६ मंसिर । यहाँस्थित इलाका प्रहरी दमकमा कार्यरत एक प्रहरी जवान आज दिउँँसो मृत भेटिएका छन् । दुई महिना अघि इलाका प्रहरी कार्यालय दमकमा कार्यरत जिल्ला संखुवासभा ,खाँदबारी नगरपालिका वडा नम्बर ३ घर भएका २४ बर्षिय टेकराज पौडेल मृत भेटिएका हुन् ।
    दमक– ६ मा रहेको इलाका प्रहरी कार्यालय पछाडि तिर्थराज बजगाईको घरमा डेरा गरि बस्दै आएका पौडेल सलको पासो लगाई आफनै कोडामा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले बताए । डेरामा एक्लै बस्दैआएका पौडेल विहान ड्यूटी सकेर डेरा आएका र दिउँँसो १२ वजे मृत उनी मृत भेटिएका घरधनी वजगाईले बताए । आत्महत्या गर्न अघि उनी र श्रीमतीसंग मोवाइलमा लफडा भएको हुन सक्ने घरधनी वजगाईको अनुमान छ ।
    तीन वर्ष अघि प्रहरी सेवामा प्रवेश गरेका पौडेलका श्रीमती इन्दु धनकुटास्थित लेगुवा हुलाक कार्यालयमा कार्यरत रहेको बताईएको छ ।
    घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…