• प्रश्न नै प्रश्नको एउटा किताब रहेछ जीवन, उत्तर खोजिरहदा एउटा सोच्यो अर्कै भै दिने कस्तो भुलभुलैया रहेछ जीवन गायिका तारा थेवे काठमाडौको अनामनगरमा जंकाभेट भैरहदा जिन्दगीको परिभाषा यसरी गरीन ।

    मोरङ देखि काठमाडौलाई कर्मथलो बनाउदै आइरहेकि गायिका तारा थेवे काठमाडौ स्थित मैतिदेवी बस्दै आइरहेकिछिन । जिवनका तिता मिठा भोगाइका संगालोहरुलाइ समेट्दै हाम्रो दमक डट सहकर्मी सुजाता निङलेकुले तयार पारेको प्रस्तुती । आमाबाबुको गाली खाने डरले स्कुलबाट किताब थन्काएर नाच्न भागेर जान्थे बाल्यकाललाई यसरी स्मरण गरीन गायिका तारा थेवेले ।

    को हुन तारा थेवे ?

    आज भन्दा १० वर्ष अगाडी देखि सांगीतिक यात्रा आरम्भ गएकी तारा थेवे सुदुरपुर्वी हिमाली जिल्ला ताप्लेजुङको सिनाममा जन्मेका हुन । बुवा कर्ण राज थेवे र आमा नरमाया थेवेको कोखबाट जेठी छोरीक रुपमा जन्मिएकी हुन । उनको जन्म ताप्लेजुङमा भए पनि बाल्यकाल र किस्वर अवस्था मोरङ जिल्लाको उर्लाबारीमा नै बितेको बताइन । उनको प्ररम्भिक शिक्षा दुर्गापुरी स्थित अरनिको मा भएको थियो । बाल्य अबस्थामा गायन क्षेत्रमा भन्दा पनि नृत्य तिर लगाव भएको बताउने थेवे उनलाइ शयरी लेख्न, कबिता लेख्न असाध्यै मन पर्ने बताइन । एफ एम सुन्दा अरुले गाएको गित सुन्दा आफू पनि गायिका बन्ने प्रेरणा जागेको बताइन ।

    गायिका मात्र नभएर उनी संगितकार र गितकार पनि हुन । सुरुवातमा घरपरिवार बाट गित गाउन रोकछेक लगाए पनि आफ्नो इच्छाशक्तिलाई मार्न नदिएको बताइन पुरानो सोच बाआमाको गित गाउने छोरी राम्रो हुन्न भन्ने सोचाइलाइ चुनौतिका साथ लिएर आफ्नो सपनालाई कहिले टुट्न नदि अगाडि बढेको बताइन । सपना देख्न मात्र ठूलो कुरा नभएर पूरा गर्ने सबैभन्दा ठूलो इच्छाशक्ति र मिहेनत हुनुपर्ने रहेछ । तारा थेवेले आफ्नै शब्द र संगितमा नक्कले कान्छाको चालै बैमानी , इसारा गरेर हेर्छौ किनकी, तिहार विशेष गित र राष्ट्रिय गित जस्ता थुप्रै गित नेपाली साङ्गितिक बजारमा पस्किसकेकिछिन । लोकप्रिय गायक राजेस पायल राइसङ्ग पनि गित गाउने अवसर पाएको बताइन । आगामी दिनहरुमा लिम्बू भाषाको गित गाउने तयारीमा रहेको बताइन ।

     

    उर्लाबारी देखि काठमाडौ सम्मको यात्रा एफ एममा अरुले गाएको सुनेर एक खाल्को प्रेरणा जागेको कारण उर्लाबारीमा रहेको बिहानी कला केन्द्रमा ४ वर्ष संगित सिकेर अब चाहिँ केही गर्न सक्छु भन्ने हौसला, हिम्मत बढे पश्चात् एल्बम निकाल्ने क्रममा संचारकर्मी बहिनी यिजना पुरी सङ्ग साङ्गितिक आकाशमा उडान भर्न काठमाडौ भित्रीएको हो । २०६५ साल देखि काठमाडौबाट गायन यात्रा सुरु भयो सुरुवातमा धेरै संघर्ष, दुख त भए स्थापित गयाक गायिकाहरु सङ्ग प्रतिस्पर्धा अनि एल्बम चल्छ या चल्दैन भने दोधार मन तर जिवनमा अत्मबल र अत्मबिस्वाश नै ठूलो कुरो रहेछ यसै कारणले हामी दुइजना मिलेर योजना पुरी बहिनी र मैले पहिलो एल्बम निकाल्न सफल भए । पहिलो पट्क एल्बम निकाल्दाको खुशी यो नै जिन्दगीको स्मरणीय र पहिलो खुशी रहेको बताइन तारा थेवेले ।

    यहा सम्म आइरहदा सम्झनै पर्ने व्यक्तिहरु । बिहानि कला केन्द्रका गुरुहरु यशोदा शाक्य र कुस्वेस्वर राइलाइ अभार व्यक्त गर्दै सदैव सम्झन चहान्छु जस्ले गर्दा आज यहाँ सम्म आउने हौसला र बाटो मिलेको छ ।

    प्रेममा विश्वास कतिको गर्नुहुन्छ भन्ने हाम्रो प्रश्नमा उनि भन्छिन: आजसम्म अविवाहित नै छु हास्दै प्रस्तुत भइन तारा थेवे हेर्ने मन पराउने, धेरै होलान तर खाटी माया र प्रेममा भने परेकी छुइन प्रेममा थोरै विश्वास गर्छु तर गहिरीएर प्रेम कसैलाइ गरेकी छुइन ।

    एउटा गायिकाले रोज्नै पर्दा मन पर्ने गायक र गायिका सम्पुर्ण गायक गायिका मेरा लागि सम्मानित अनि आदरणीय नै हुनुन्छ सबै मन पर्छ ती मध्ये गायकमा उदय सोताङ र गायिकामा मेलिना राई मन पर्छ अन्त्यमा मेरा गितहरु सुनिदिनुहोला दर्शक श्रोताहरुले माया गरीदिनुहोला ।

    प्रस्तुति  सुजता लिङलेकु 

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…