काठमाडौं – केहिअघि प्रधानमन्त्री एवं (नेकपा) का अध्यक्ष केपी ओलीले आफ्ना कार्यकर्तालाई विपक्षीविरुद्ध अरिङ्गालु बनेर जाईलाग्न निर्देशन दिएका थिए ।
लगत्तै ओलीका अरिङ्गालहरुुले सामाजिक सञ्चालमा मच्चाएको प्रोपोगाण्डा उदेकलाग्दो छ । हाल यस्ता अरिङ्गालुबाट प्रतिपक्षी कांग्रेस नेताहरुको फोटो कम्युटरबाट बिगार्दै चरित्र हत्या सम्मको काम भईरहेको छ ।
कानून अनुसार यस्ता अपराधीहरुलाई साईबर कानूनअनुसार खोरमा जाक्नुपर्ने हो । तर, ओलीको प्रत्यक्ष निर्देशनमा यस्तो काम भएपछि अहिलेसम्म प्रहरीले कारबाही गर्न सकेको छैन ।
सत्ताधारीका कार्यकर्ताहरुले पटकपटक नेपाली कांग्रेसका यूवा नेता गगन थापाको लोकप्रियतालाई ध्वस्त पार्ने असफल प्रयास गरिरहेका छन । पछिल्लोपटक प्रदीप पौडेललगायत साथीहरुसँग चिया खाईरहेको फोटोलाई बिगारेर वियरका क्यान र रक्सी भरिएको गिलास देखिने फोटो सार्वजनिक गरेका छन ।