• काठमाडौं । नेपालको भारतीय पञ्जाब नेशनल बैंकको मोटो लगानी र केही नेपाली व्यवसायीहरुको लगानीमा २५ वर्ष अगाडी स्थापना भएको एभरेष्ट बैंक लिमिटेड भित्र अचम्मकै काण्ड फेला परेको छ ।

    झट्ट हेर्दा विश्वास गर्नै गाह्रो तर, सत्य घटनाहरु एभरेष्ट बैंक भित्र घटेका मात्रै छैनन् । बैंकका सदावहार अध्यक्ष बिके श्रेष्ठले आफ्नै बागबजारको घरमा होटल दर्ता गरि होटलकै नाममा १३.५ प्रतिशत एभरेष्ट बैंकको शेयर खरिद गरेको भेटिएको छ ।

    एभरेष्ट बैंकको करिब १३.५ प्रतिशत शेयर अध्यक्ष विके श्रेष्ठले Snow Lion Hotel बागबजारको नाममा खरिद गरि एभरेष्ट बैंकमा लुट मच्चाएको खुलासा भएको हो । बागबजारमा Snow Lion Hotel कतै छैन । सो होटल भनिएको घरमा एभरेष्ट बैंकको गोदाम राखिएको छ ।

    बैंकका पुराना कागजपत्र देखि बैंकका सबै जस्तो महत्वपूर्ण सामाग्री उक्त घरमा राखी बिके श्रेष्ठले लाखौं भाडाँ लिएको एक सञ्चालकले राजतिलक साप्ताहिकसँग बताए । उक्त घरको पछाडी टहरो बनाई पशुपति पेपर मार्ट (थोक कागज) बिक्रीको अफिस एभरेष्ट बैंकको शेरचन थरका एक सञ्चालकको लगानीमा राखिएको भेटिएको छ ।

    अर्को अच्चम त के छ भने राष्ट्र बैंकले एउटै व्यक्तिको नाममा शेयर बढी भएको भन्दै एभरेष्ट बैंकको शेयर केही समय अगाडी रोक्का गरेपछि एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठले आफ्नै छोरी प्रतिमा श्रेष्ठको नाममा लाखौं कित्ता शेयर नामसारी गरेको फेला परेको छ ।

    तर निकम्मा राष्ट्र बैंकका गर्भनर डा. चिरनजीबी नेपाल कारवाही गर्न सक्दैनन् । बैंकका अध्यक्षको घरमा बैंकले भाडाँमा लिएर अफिस राख्न पाइदैन । एउटै परिवारको नाममा शेयर सीमा भन्दा बढि राख्न पाइदैन । तर, एभरेष्ट बैंकमा अध्यक्ष बिके श्रेष्ठलाई सबै कुरामा छुट छ ।

    एउटा गीत छ “लुट्न सके लुट कान्छा नेपालमै छ छुट” यस्तै भएको छ एभरेष्ट बैंक भित्र । तर नेपाल राष्ट्र बैंक थाहा पाएको नपाए जस्तै गरी विके श्रेष्ठ माथी कुनै कारवाही गर्दैन । यो कस्तो बैकिङ नम्स हो । गर्भनर साब । नक्कली होटल खडा गरी आफ्नै दाजु बेद कृष्ण श्रेष्ठको नाममा लाखैं कित्ता शेयर कुम्लाएर अबैमा लुट मच्चाएका बैंकका अध्यक्ष बिके श्रेष्ठ भारतीय रक्सी व्यापारी पनि हुन् ।

    अर्को महत्वपूर्ण कुरा के छ भनेः– एभरेष्ट बैंक लिमिटेडले भारतबाट कर्जा ल्याउने भन्दै राष्ट्र बैंकका गर्भनर डा.चिरनजीबी नेपाललाई भुलाउँदै आएका थिए । बैंकका सीइओ सोमेश्वर सेठले । तर, कर्जा ल्याउन असफल भए पछि राष्ट्र बैंकले उनीलाई स्पष्टिकरण मैखिकरुपमा सोधेको राष्ट्र बैंक स्रोतको दाबी छ ।

    यति धेरै बदमासी एभरेष्ट बैंकका अध्यक्षले गर्दा समेत राष्ट्र बैंकका गर्भनर किन कारवाही गर्दैनन् । यो चाहिँ खोजीको विषय बनेको छ । राजतिलकका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…