• हेटौंडा, ५ चैत्र । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला जागरण अग्रज पत्रकारिता पुरस्कार–२०७५ बाट पुरस्कृत भएका छन् ।
    स्टेट भिजन प्रालिद्वारा संचालित तु–खबर डटकमको दोस्रो वार्षिक उत्सव कार्यक्रमको अवसरमा धमलालाई १५ हजार राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो ।
    लामो समयदेखि पत्रकारिताको क्षेत्रबाट मुलुकको सुशासन, विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै धमलालाई पुरस्कृत गरिएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको हातबाट पत्रकार धमलालाई सम्मान गरिएको थियो ।
    कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले पत्रकार धमलाको चर्चित टेलिभिजन कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा आर्थिक क्रान्ति किन भएन भनेर बहस सुरु गर्नुपर्ने धारणा राखेका थिए ।
    अध्यक्ष तिमल्सिनाले मुलुकको विकास र समृद्धिको लागि मिडियामा पत्रकार धमलाले नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने विश्वास दिलाए । उनले थपे,‘ऋषिजीले यो काम गर्न सक्नुहुन्छ, मलाई पूरा विश्वास छ।’
    त्यस्तै प्रदेशन नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेलले पत्रकार धमललाई देशको पत्रकारिताको नेताको रुपमा चित्रण गरे । उनले भने,‘ऋषिजी नेपाली पत्रकारिता जगतको नेता हो, उहाँले पत्रकारिताको माध्यमबाट देश विकासको लागि र सुशासन कायम गर्न अग्रणी भूमिका निर्वाह गर्नुभएको छ।’
    उनले आजबाट विकास पत्रकारिताको नेतृत्वपनि धमलाले गर्ने विश्वास दिलाए । उनले भने,‘अहिले मुलुकको विकास र समृद्धिको लागि नीति कमजोर छ, अब ऋषिजीले यो विषय मिडियामार्फत उठाउनुपर्छ । फोकस गर्नुपर्छ । त्यो कुरा गर्न पत्रकारको नेता धमलाजी हो । उहाँले मात्रै गर्न सक्नुहुन्छ, अरुले गर्न सक्दैन् ।’
    कार्यक्रममा प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले नेपालको हरेक परिवर्तनका आन्दोलनमा पत्रकार धमलाको अग्रणी भूमिका रहेको बताए ।
    उनले भने,‘नेपालको परिवर्तनको आन्दोलनमा ऋषिजीको ठूलो भूमिका रहेको थियो, यो कुरा देशले कहिल्यै बिर्सन सक्दैन् । हरेक विषयमा धमलाजी पोख्त हुनुहुन्छ, उहाँ गतिशिल व्यक्तिव्य हो, एजेण्डा उठान गर्नमा धमलाजी अरु पत्रकार साथीहरुभन्दा धेरै अगाडि हुनुहुन्छ ।’
    त्यस्तै प्रमुख प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहराज्यमन्त्री ईन्द्र बानियाँले पनि समग्र देशको विकासको लागि पत्रकार धमलाले खेलेको भूमिका महत्वपूर्ण र अतुलनीय रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गरेका थिए । उनले थपे,‘पत्रकारिताको माध्यमबाट उहाँले खेलेको भूमिका धेरै महत्वपूर्ण छ, मुलुकको विकासको लागि उहाँले धेरै मेहनत गर्नुभएको छ । पत्रकारहरुको पनि उहाँ नेता नै हो ।’
    यता, नेकपाका नेता एवम् राष्ट्रियसभा सदस्य रामनारायण विडारीले पनि पत्रकार धमलाले मुलुकको विकास र समृद्धिको लागि विभिन्न मिडियाका माध्यमबाट अग्रणी भूमिका निर्वाह गरेको भन्दै प्रशंसा गरेका थिए ।
    पुरस्कृत भएपछि सम्बोधन गर्दै पत्रकार धमलाले आफूले अब मुलुकको विकास र समृद्धिको लागि नै मिडियामार्फत सशक्त आवाज उठाउने विश्वास दिलाए ।
    त्यस्तै उनले मुलुक विकास हुनबाट बञ्चित हुनु भनेको नै भ्रष्टाचार रोग भएकोले भन्दै अब भ्रष्टाचारलाई जरैदेखि उखेल्ने पनि आफूले सशक्त अभियान चलाउने स्पष्ट पारे ।
    उनले भने,‘म रिपोर्टर्स क्लब र प्राईम टेलिभिजनमार्फत यो विषयमा गहन बहस तथा अन्तरक्रिया गर्नै प्रण गर्दछु, भ्रष्टाचार अन्न्तयको लागि मैले अभियान सुरु गरिसकेको छु, त्यस्तै मुलुकको विकासको लागि सुशासन अनिवार्य शर्त हो, यसमा पनि हामी पत्रकारहरु खरो उत्रिनुपर्छ ।’
    उनले अब पत्रकारहरुले व्यवसायिक पत्रकारितामा बढि जोड दिनुपर्ने धारणा राखे । उनले भने,‘देश बनाउनेगरि पत्रकारिता गर्नुपर्छ, यो संकल्प हामीले राख्यौं भने धेरै परीवर्तन गर्न सकिन्छ।’ उनले मुलुकको विकास र समृद्धिको लागि आफूले राष्ट्रिय अभियान नै चलाउने घोषणा पनि गरे । धमलाले भ्रष्टाचार गर्नेलाई कारवाही गर्नुपर्ने पनि टिप्पणी गरे ।
    फरक प्रसँगमा उनले प्रदेश नम्बर ३ को राजधानी हेटौंडा बनाउनको लागि आफूले पनि सहयोग गर्ने वचन दिए । उनले थपे,‘प्रदेश नम्बर ३ को राजधानी हेटौंडालाई बनाउन म सक्दो सहयोग गर्छु ।’
    तु–खबर डटकमको प्रधानसम्पादक तथा अध्यक्ष गिरिजा अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष सम्माननीय गणेश तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
    त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य कुमारी मोक्तान, राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, जिल्ला समन्वय समितिका संयोजक रघुनाथ खुलाल, नेपाल पत्रकार महासंघ महासचिव रमेश विष्टलगायतले मन्तव्य राखेका थिए ।
    कार्यक्रममा पत्रकार महासंघ ३ नं. प्रदेशका अध्यक्ष प्रताप बिष्ट, थाहा नगरपालिकाका मेयर लबशेर बिष्ट, उद्योग वाणिज्य संघ मकवानपुरको अध्यक्ष कृष्ण कटुवाल, उद्योग संघका अध्यक्ष नवराज अर्याल, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको उपस्थिति थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…