• काठमाडौं – अनुयायीमाथि यौन शोषण गरेको आरोपमा पटक–पटक विवादमा तानिएका लिटिल बुद्धका नामले परिचित रामबहादुर बमजनविरुद्ध यूरापियन यूनियन र अमेरिकनहरूले षड्यन्त्र शुरू गरेका छन् ।

    बमजनका मानवीय त्रुटि भएपनि उनलाई लगाइएका आरोपहरू धेरै झूट रहेको देखिएको छ । उनलाई सिध्याउन यूरोपियन यूनियन योजनाबद्ध तरिकाले भित्रैदेखि सक्रिय भएको रहस्य बाहिर आएपछि धेरैको होस उडेको छ ।

    बमजनले जान–अञ्जानमै शुरु गरेको बुद्ध बन्ने प्रयासलाई यूरोपियन यूनियन र अमेरिकनहरूलाई मन परेको थिएन । बमजनको गतिविधिबाट पश्चिमा राष्ट्र र क्रिश्चियनहरूलाई टाउको दुःखाइ बन्दै आएको थियो । बमजनको कमजोरीलाई देखाएर उनको चरित्र हत्या गरी एक हदसम्म पश्चिमा राष्ट्र र क्रिश्चियन संघ संस्थाहरू सफल भएपनि त्यो सफलता भने धेरै दिन टिक्ने अवस्थामा छैन । आजको यूनाइटेड पोष्ट साप्ताहिकमा समाचार छापिएको छ ।

    नेपालमा क्रिश्चियन गतिविधिमा बमजन बाधक बनेका थिए । अहिले पनि बाधक छन् । बमजनले जानेर क्रिश्चिनय धर्मविरुद्ध कुनै पनि गतिविधि गरेका थिएनन् र छैनन् । तर बमजनको कार्यबाट प्रभावित भएका जनजातिहरू क्रिश्चियन बन्न अस्वीकार गरिदिएपछि समस्या यहीबाट उत्पन्न भएको हो ।

    क्रिश्चियन बनेकाहरू पनि पुनः बमजनको लिटिल बुद्धमा समावेश भएका छन् । बमजनको यो कार्यको नेपालमा ठूलो लगानी गरेका क्रिश्चियनहरूलाई मन परेको थिएन । बमजन मन नपरेपछि उनलाई खेदो खन्न शुरू गरेका थिए । बमजनविरुद्ध घृणा फैलाउने कार्य पनि भएका छन् ।

    अमेरिकन र यूरोपियन यूनियनको पैसाबाट सञ्चालित संघ संस्थाको योजनामा चार महिना लगाएर बमजनविरुद्ध स्टिङ अप्रेसन गरिएपछि क्रिश्चियनहरूको रहस्य बाहिर आएको छ ।

    नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले बमजनविरुद्ध हत्या र बलात्कारमा छानविन गरिरहेपनि अहिलेसम्म कुनै प्रमाण भेट्टाउन सकेको छैन । बमजनविरुद्ध कारबाहीको माग गर्दै संसदमा समेत आवाज उठेको थियो । ‘रामबहादुर बमजनको कार्यबाट प्रभावित भएकाहरू क्रिश्चिन धर्म मान्न तयार भएनन्,’ स्रोतले भन्यो, ‘क्रिश्चियन भइसकेकाहरू पनि फेरि बौद्ध धर्ममा फर्किएपछि पश्चिमा राष्ट्र र क्रिश्चियन संस्थाहरू बमजनको चरित्र हत्या गर्न सक्रिय भएका हुन् ।’

    क्रिश्चियनहरूले नेपालमा आफ्नो निशासना गरिव जनता, आदिवासी जनजाति र दलितहरूलाई बनाउँदै आएका छन् । यो समूह नै बमजनप्रति आकर्षित भएपछि क्रिश्चियन गतिविधिमा बाधक भएको ठानेर सिध्याउने खेलामा लागेको रहस्य बाहिर आएको छ । होइन भने बमजनविरुद्ध यति ठूलो राशि रकम खर्च गरी किन फेक रिपोर्ट बनाइयो भन्ने प्रश्न अहिले उठेका छन् । कि त उनी दोषी हुन् भनेर छानविन गर्ने निकायले प्रमाणित गर्न सक्नुपर्यो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…