• प्यूठान । नेपालमा समयअनुसार गुट र पार्टी फेर्ने चरित्रका व्यक्तिहरु बढ्दै गएका छन् । तीनैमध्ये एक हुन् डा गोविन्द पोखरेल । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा पुर्ननिमाण प्राधिकरणका पूर्व सिईओ पोखरेल पछिल्लो समय कांग्रेसको राजनीतिमा सक्रिय छन् ।

    तर, उनको छेपारे प्रवृत्ती देखेर कांग्रेस कार्यकर्ताहरु समेत चकित भएका छन् । पुर्ननिर्माण प्राधिकरणको सिईओ पद त्यागेर गत वर्ष संसदको चुनाव लडेका डा।पोखरेलले अहिले जिल्लामा गुटको राजनीति थालेका छन् ।

    सुशील कोइराला शक्तिमा हुँदा उनी कोइराला परिवारका निकट थिए । सोही आधारमा वैकल्पिक उर्जा देखि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भए ।

    सुशील कोइरालाको निधनपछि उनी शेरबहादुर देउवा गुटमा लागेका थिए । देउवा गुटबाटै केन्द्रीय सदस्यको टिकट पाए । पछि पुर्ननिर्माण प्राधिकरणको सिईओ भए । देउवाले नै उनलाई प्यूठानको टिकट दिए । तर, अहिले देउवाविरुद्ध नै उनले गुटबन्दी सुरु गरेका छन् । हाल उनी कोइराला परिवार निकट भएका छन् ।

    शेखर कोइराला लगायतका नेतालाई जिल्लामा लगेर उनले हालै गुटगत भेला गरेका छन् । जसमा देउवा निकट नेताहरुलाई मञ्चमा बोल्न समेत नदिईएको एक जिल्ला नेताले बताए । मंगलबार जिल्लामा उनले एक कार्यक्रम गराएका थिए । शेखरलाई अतिथि बनाएर सो कार्यक्रम गरिएको थियो ।

    हुन त उनी कुनै समय कम्युनिष्ट पार्टीमा थिए । मसालमा रहेका उनी २०५७ सालमा कांग्रेस निकट भएका छन् । कांग्रेसभित्र थोरै योगदान दिने र धेरै अवसर लुट्नेमा उनी पर्दछन् दृष्टीमा खबर उल्लेख छ ।

    अहिले पनि अवसरकै राजनीतिमा लागेर उनी देउवाविरुद्ध लागेपछि जिल्लाका नेताहरु उनीविरुद्ध रुष्ट भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…