• रामेछाप, ३१ जेष्ठ । रामेछापको दोरम्बा गाउँपालिका ६ लखनपुर जाँदै गरेको बस बिहीबार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने, दुर्घटनामा २० जना घाइते छन् । मृत्यु हुनेमा रामेछाप दोरम्बा गाउँपालिका ६ लखनपुरका उद्धव गौतम र हरिबहादुर कार्की रहेका छन् । दुवैजनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

     

    घाइते मध्ये ७ जनाको अवस्था गम्भिर छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार काठमाडौंबाट यात्रु बोकेर लखनपुरको रिठ्ठे जाँदै गरेको अरनिको कोशीपारि यातायातको बा २ ख ७२४२ नम्बरको बस लखनपुरको बराको रुख घुम्तीबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटनामा लखनपुरकी स्वास्थ्य स्वयंसेविका कमला गौतम, तीर्थप्रसाद गौतम, गंगा गौतम र गंगाप्रसाद चौलागाई लगायत गम्भिर घाइतेलाई एम्बुलेन्स र अनरिको यातायातकै अर्को बसमार्फत धुलिखेल अस्पतालतर्फ पठाइएको थियो ।

    उक्त बसमा शुक्रबार देखि कालिका मावि लखनपुरमा शुरु हुने दन्तशिविरका लागि केही चिकित्सक सहित थिए । दुर्घटनामा परेको बसका चालक फरार रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…