• काठमाडौँ । सामाजिक सञ्जालमा प्रसार भएको पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणबारेको विषयवस्तुमा छानविन तथा सोधपुछका लागि भन्दै बिहीबार न्युज २४का पत्रकार रवी लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो ।

    पानीपोखरीस्थित न्यूज २४ को कार्यालयबाटै कार्यक्रम ‘सीधाकुरा जनतासँग’का प्रस्तोता,पत्रकार लामिछाने र कँडेललाई प्रहरीले नियन्त्रणमा लिई शुक्रबार चितवन जिल्ला अदालतमा हाजिर गराएका थिए , के समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिनु नियम संगत हो ? भन्ने विषयमा कुराकानी गर्नका लागि न्युज २४ टेलिभिजनले प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्की लाई आफ्नो स्टुडियोमा निम्त्याएको छ ।

    प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बोर्ण बहादुर कार्कीले न्यूज २४ टेलिभिजनको पत्रकार रवी लामिछाने र युवराज कँडेललाई समाचार कक्षबाटै विना अनुमति जुन तरिकाबाट नियन्त्रणमा लिइएयो, यो संविधान र कानुन विपरीत भएको बताउनुभएको छ ।

    नेपाल वर्तमान संविधानको प्रस्तावनामा नै पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको अवस्थामा समाचार कक्ष भित्रै ठुलो संख्यामा प्रहरीले गरफ्तार गर्नु पत्रकारिताको क्षेत्रमा गम्भिर र निन्दनीय भएको टिप्पणी गर्नुभयो ।कार्यक्रम सीधा कुरा जनतासंग प्रसारणको तयारीको अवस्थामा रहीरहेको अवस्थामा सञ्चारगृहमा नै पसेर प्रहरी कार्यक्रम सञ्चालक र पत्रकार कँडेललाई नियन्त्रणमा लिनु नियम विपरीत रहेको छ, उहाँले भन्नुभयो ।

    संविधानमा कुनैपनि प्रकाशन सामाग्री वा विद्युतीय सामाग्रीलाई प्रकाशन, प्रशारण गर्नुपुर्व नियन्त्रणमा लिने छैन र जफत गरिने छैन भन्ने स्पष्ट व्यवस्था हुँदा हुँदै सीधा कुरा कार्यक्रम सञ्चालन गर्नु केही समय अघि कार्यक्रम सञ्चालकलाचई गिरफ्तार गर्नु अझ आपत्तीजनक भएको उल्लेख गर्नुभयो ।

    सीधाकुरा कार्यक्रमका सञ्चालक रवी लामिछानेले प्रहरीको छानवीनलाई सहयोग गर्नेल भनिरहेको अवस्थामा जुन तरिकाले सिनयन्त्रणमा लिइयो त्यो, घटनालाई लिएर नेपाल पञकार महासंघ, मिडिया सोसाइटी नेपाल र सञ्चार क्षेत्रका विभिन्न संघ सस्थाहरुले भत्सर्ना समेत गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…