• कुतुपालोङ, बङ्लादेश । म्यानमारबाट बिस्थापित भएका रोहिङ्ग्या शरणार्थीहरुले बङ्लादेशस्थित शिविरमा र्‍याली निकालेका छन् । म्यानमारमा आफ्ना आफन्तहरु विरुद्ध जातीय हिंसा भएको दुई वर्ष पुगेको दिन पारेर झण्डै दुई लाख जना र्‍यालीमा सहभागी भएका हुन् ।

    सन् २०१७ को अगस्ट महिनामा म्यानमारको राखिन राज्यमा भएको हिंसाका कारण झण्डै सात लाख ४० हजार रोहिङ्ग्या विस्थापित भएर बङ्लादेशको शरणार्थी शिविरमा बस्दै आएका छन् ।

    र्‍यालीमा बालबालिका, बुर्का पहिरिएका महिला पनि सहभागी भएका थिए । उनीहरुले रोहिङ्ग्या जिन्दावाद भनेर नारा लगाएका थिए ।

    अहिले रहेको बङ्गलादेशको शरणार्थी शिविरलाई संसारकै ठूलो शरणार्थी शिविर मान्ने गरिएको छ ।

    म्यानमारको राखिन राज्यमा मुस्लिम र बौद्ध धर्मावलम्बीहरुका बीचमा धार्मिक र जातीय द्वन्द्व भएपछि उनीहरु विस्थापित भएको अधिकारीहरुले जनाएका छन् ।

    विस्थापित भएका रोहिङ्ग्याहरुलाई बङ्गलादेशमा शिविर बनाएर राखिएको छ । त्यहाँ उनीहरुलाई शिविर रहेको क्षेत्रभन्दा बाहिर हिँड्न स्वतन्त्रता दिइएको छैन ।

    शरणार्थीहरुलाई स्वदेश फर्काउने बारेमा सन् २०१७ मै बंगलादेश र म्यान्मारबीच सम्झौता भएको थियो । तर त्यो अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।

    सुरक्षा र नागरिकताको सुनिश्चितता नभएको भन्दै शरणार्थीहरुले सम्झौता अनुसार स्वदेश फर्किन अस्वीकार गर्दै आएका छन् ।

    पछिल्लो पटक गत बिहीबार ३५ सय शरणार्थीलाई स्वदेश फर्काउने तयारी अन्तिम चरणमा पुगेको थियो । तर शरणार्थीहरुले सुरक्षा र नागरिकताको सुनिश्चितताको सर्त राखेपछि स्वदेश फर्काउने पछिल्लो प्रयास अर्थहीन भएको छ । एएफपी

सम्वन्धित समाचार

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । …