• काठमाडौं, ८ भदौ । मुलुकको ध्यान यतिबेला रवि लामिछानेलाई चितवन प्रहरीले एक्कासी थुनामा राखेपछि चर्चाको शिखरमा छन् ।

    चर्चित टेलिभिजन प्रस्तोता लामिछाने न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम चलाउँदै आइरहेका थिए । लामिछानेलाई न्यूज २४ टेलिभिजनको कार्यालयबाट पक्राउ गरी चितवन पुर्याइएको छ ।

    लामिछानेभन्दा अगाडि चलचित्र निर्माता छवि ओझा र नायिका शिल्पा पोखरेलको चर्चाले बजारमा स्थान पाएको थियो ।

    चलचित्र निर्माता ओझाले तेस्री श्रीमतीका रुपमा शिल्पालाई सम्पत्तिमा अधिकार दिने सुइँको पाएपछि जेठी श्रीमतीले मुद्दा हालेकी थिइन् ।

    माइली श्रीमती रेखा थापासँग ओझाको सम्बन्धविच्छेद भइसकेको र आधिकारिक रुपमा कान्छी हुन् लागेकी शिल्पासँग पनि सम्बन्ध बिग्रिएको जानकारहरुले बताएका छन् ।

    यता गत श्रावण २० गते चितवनको नारायणगढस्थित होटल कंगारुमा शालिकराम पुडासैनीको शंकास्पद रुपमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

    मानसिक दबाब र यातना दिइएको कारण आत्महत्या गरेको आरोप लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीमाथि पुडासैनीले भिडियो रेकर्डमा लगाएका छन् ।

    यस घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तथापि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले र लामिछानेका समर्थकहरुले चितवनमा गरेको लगातारको प्रदर्शनले जिल्ला प्रशासन कार्यालय चितवनले चौविसकोठीदेखि मालपोत चोकसम्म निषेधाज्ञा जारी गरेको छ ।

    रवि लामिछानेका पक्ष र विपक्षहरुका कारण मुलुक चर्चित बन्न पुगेको छ । लामिछानेले न्यूज २४ मा सिधा कुरा जनतासँग कार्यक्रम चलाएर पीडितहरुको समस्यालाई समाधान गरेका कारण चर्चित बन्न पुगेका हुन् ।

    हिमाल, पहाड, तराई र विदेशबाट लामिछानेको समर्थनमा लहर उर्लेको छ । कतिपयले रवि लामिछानेलाई फसाउन खोजेको समेत बताएका छन् ।

    यसैबीच, लामिछानेलाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ । यसअघि पनि उनलाई पाँच दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । नयाँ बिर्मशका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…