• चितवन — पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकणमा सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित ३ जनालाई आत्महत्या दुरुत्साहनको मुद्दा अदालतमा दर्ता गराएको छ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको जिल्ला अदालतका श्रेस्तेदार र रुद्रमणि गिरीले जानकारी दिए ।

    गिरिका अनुसार जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासमा अभियुक्तहरुको बयान सुरु भएको छ । उनले बयान सकिएपछि थुनछेक बहस सुरु हुने बताए ।
    पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका टिभी कार्यक्रम सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनले १० दिन अघि पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो। प्रहरीले आइतबार नै अनुसन्धान सकेर आफ्नो रायसहित फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

    तीनैजनालाई हिरासतमा राखेर अनुसन्धान गर्न चितवन प्रहरीले जिल्ला अदालतबाट पाएको अनुमतिको समय शनिबार सकिएको छ।

    अभियोग पत्रमा प्रहरी हिरासतमा रहेका रवि लगायत कसलाई के अभियोग लगाइएको छ भन्ने खुलाइएको छैन। रविसहित तीनैजनालाई प्रहरीले जिल्ला अदालत पुर्‍याइसकेको छ।

    मुद्दा दायर भएपछि अदालतमा अभियुक्तलाई साधरण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा थुनछेक बहस हुने गर्दछ।
    यस्तो बहस एक दिनमा नसकिने अवस्था पनि रहन्छ। मुद्दा दायर भएपछि पक्ष विपक्षका कानुन व्यवसायीहरुको बहस सुनेपछि मात्रै न्यायाधीशले पुर्पक्षका लागि अभियुक्तलाई थुनामा राख्ने वा तारेखमा छाड्ने भन्ने आदेश दिने गर्दछन्। यसरी मुद्दा दायर भएपछि सामान्यतया दुई वर्षभित्र अभियुक्तहरु दोषि वा निर्दोष के हुन् भन्ने फैसला अदालतले गर्छ।

    साउन २० गते राति नारायणगढको एक होटलमा काठमाडौंको माउण्टेन टिभीमा कार्यरत पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए। प्रहरीले बरामद गरेको पुडासैनीको मोबाइल फोनमा रेकर्ड भएको भिडियोमा रवि लामिछानेसहित तीनजनाका कारण आफूले आत्महत्या गरेको उल्लेख छ। प्रहरीले रवि लामिछाने लगायत गिरफ्तार व्यक्तिहरुलाई शालिकरामलाई आत्महत्या गर्न बाध्य पारेको अर्थात दुरुत्साहन अभियोगमा मुद्दा चलाउन अनुसन्धान गरेको हो। उनीहरु साउन ३० गते काठमाडौंबाट समातिएका हुन्।

    नेपालमा गत वर्षको भदौदेखि लागु भएको नयाँ कानुन अनुशार आत्महत्या गर्न बाध्य पारे पनि सजाय हुने व्यवस्था भएका हो। आत्महत्या दुरुत्साहनमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रवधान छ। चितवन अदालतमा यसअघि पनि आत्महत्या दुरुत्साहनका पाँच मुद्दा दायर भएका छन्। तिमध्ये दुईवटा मुद्दा फैसला भएको छ। जसमा आरोप लागेका व्यक्तिहरुलाई एउटा मुद्दामा ६ महिना र अर्कोमा एक वर्षसम्म कैद भएको छ।

    https://www.facebook.com/newsratokalam/videos/426907351259159/

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…