• काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले पहिलोपटक सम्पत्ति विवरण सार्वजनिक गरेर राष्ट्रसेवक कर्मचारीमध्येमा आफूलाई भ्रष्टाचारमा शून्य सहनशीलताको नीति व्यवहारमा लागू गर्ने पहिलो नम्बरमा उभ्याएका छन् । प्रायः धेरै राष्ट्रसेवकले बोली र भाषणमा बारम्बार भ्रष्टाचारमा शून्य सहनशीलताको आवाज उठाउँछन् तर उनीहरूको व्यवहारमा त्यस्तो पाइँदैन । प्रधानसेनापति थापा मात्रै त्यस्ता राष्ट्रसेवक देखिए, जसले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेर भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई व्यवहारमै लागू गरे ।
    हाल निजामती, प्रहरी, शिक्षक, सेना, तथा सार्वजनिक संस्थामा कार्यरत गरी झन्डै ५ लाखको संख्यामा राष्ट्रसेवक कर्मचारी छन् । ती राष्ट्रसेवकमध्ये कसैले पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने तदारुकता देखाएका छैनन् । तर, प्रधानसेनापति थापाले सम्पत्ति विवरण सार्वजनिक गरेर अरूलाई चुनौती दिएका छन् । प्रधानसेनापति थापाले मंगलबार आफ्ना योजना र कार्यक्रम सुनाइरहँदा उनमा देखिएको सुशासनप्रतिको वास्तविक प्रतिबद्धता स्यालुट गर्न लायक थियो ।

    उनले तीन घण्टा लगाएर सार्वजनिक गरेको विगतका कार्य र भावी योजनामा नेपाली सेनालाई आमूल परिवर्तन गर्ने खाका थियो । उनको सो खाकालाई प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव, प्रहरी प्रमुख तथा मन्त्रालयका महाशाखा प्रमुख,
    महानिदर्शे क र कायार्ल य पम्र खु हरूल ेसमते मनन गर्न जरुरी देखिएको छ । नेतृत्वमा इमान र नैतिकता नहुँदासम्म कुनै पनि संगठन सुध्रिन सक्दैन । प्रधानसेनापति थापामा देखिएको इमान र नैतिकताको उच्च ग्राफका कारण आगामी दिनमा नेपाली सेनामा व्यापक सुधार आउने विश्वास गरिएको छ । प्रधानसेनापति थापाले राम्रो कामको सुरुवात
    गर्दा चौतर्फी घेराबन्दी गरिएको भन्दै त्यस्ता घेराबन्दीलाई तोडेरै छोड्ने बताएका छन् । उनका कार्ययोजनालाई गहन रूपमा विश्लेषण गर्दा उनी असल राष्ट्रसेवक मात्रै नभएर ‘एक्सन ओरेन्टेड’ र भ्रष्टचारीविरुद्ध कठोर कदम चाल्न सक्ने खुबी
    भएको व्यक्तित्वका रूपमा देखिएका छन् । नेपाली सेनामा लामो समयपछि यस्ता सपूत जन्मन पुगेको भन्दै सेनाभित्रै उनको प्रशंसा हुन थालेको छ । उनले सेनाभित्र अनियमितता गर्नेहरू आफ्नो योजनाबाट तर्सिए पनि अन्त्यमा
    आफ्नो सुशासनको लक्ष्यमा समाहित नभई सुखै नपाउने बताएका छन् । सुशासनको ग्राफ समाउन नसक्नहे रू कारबाही भाग्े न तयार रहनपु र्न उनको चेतावनी प्रशंसनीय छ ।

    प्रधानसेनापति थापाको यो सार्थक अभियानको रिफ्लेक्सन नेपाल प्रहरीमा पनि देखिन जरुरी छ । दुवै प्रहरीका प्रमुखले पनि प्रधानसेनापति थापाले जसरी नै छिट्टै सम्पत्ति विवरण सार्वजनिक गरी संगठनमा व्यापक सुधारको थालनी गरिएको
    सन्देश दिन सक्नुपर्छ भने निजामतीतर्फ मुख्य सचिव, सचिव तथा सब ैविभागका महानिदर्शे कले
    पनि सम्पत्ति विवरण सार्वजनिक गरेर सुधारका योजना जनतासामु ल्याउन सक्नुपर्छ । राष्ट्रसेवकको दर्जा पाएका सबैलाई एउटै प्रश्न, ‘तपाईंहरू प्रधानसेनापतिले जस्तै सम्पत्ति विवरण सार्वजनिक गरेर सुशासनको बाटोमा कहिले लाग्ने रु’ राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…