•  

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई रुघाखोकी लागेपछि गरिएको परीक्षणमा डेंगु वा भाइरल इन्फ्लुएन्जा नभएको चिकित्सकले बताएका छन्।

    सिंगापुरबाट फर्के लगत्तै बिसञ्चो महसुस गर्दै नेता गौतम सोमबार अस्पताल जचाँउन पुगेका थिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुगेका गौतमको घाँटीको थ्रोट स्वाब परीक्षण गरिएको थियो। अस्पतालका प्रमुख कन्सल्ट्यान्ट डा। अनुप बास्तोलाले भने,‘सामान्य रुघाखोकी लागेपछि आउनु भएको रहेछ। इन्फ्लुएन्जा हो की भनेर जाँच गरेको नेगेटिभ आयो।’ डेंगुका लक्षणसमेत नदेखिएको डा। बास्तोलाले बताए।

    अस्पतालका निर्देशक डा। वासुदेव पाण्डेले नेता गौतमलाई डेंगु भएरनभएको र्यापिड किट टेस्ट ९आरडीटी०बाट जाँच गर्दा डेंगुको नभएको पुष्टि भएको बताए। उनले भने, ‘डेंगु नभएको पुष्टि पछि उहाँ (गौतम) फर्कनु भयो।’ अस्पतालबाट फर्केका गौतमलाई मंगलबार प्रकाशित केही दैनिक र अनलाइनले डेंगुका आशंका शीर्षकमा समाचार प्रकाशित गरेपछि पुुनः रगत जाँच गरिएको थियो।

    नेता गौतमका छोरा हरिशका अनुसार मंगलबार बिहान सिद्धि पोलिक्लिनिकमा पुुनः रगत जाँच गरिएको थियो। हरिशले भने, ‘सामान्य रुघाखोकीका कारण आराम गरिरहनु भएको छ। सामाजिक सञ्जाल र समाचारमा आएजस्तो डेंगुको संक्रमण भएको होइन।’ अन्नपूर्णबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…