• काठमाडौं, २६ असोज । तेह्रथुम समाज युकेले तेह्रथुम बाल प्रतिभा केहेरसिंह थेगुवा लिम्बूलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

    धरानस्थीत हाङ्कुक रेष्टुरेन्टमा प्रदान गरिएको रकम १ लाख ९७ हजार ८० रूपैया रहेको छ । तेह्रथुम समाज युकेका उपाध्यक्ष मिलन गुरुङको संयोजकत्वमा अध्यक्ष डम्मर सिङ्गक, सचिव जय मादेम्बालगायत तेह्रथुम युके समाजका सम्पूर्ण सदस्यहरूले जुटाएको रकम प्रदान गरिएको हो ।

    तेह्रथुमका प्रतिभाको प्रोत्साहनको लागि प्रदान गरिएको कार्यक्रममा बालप्रतिभा केहेरसिंहका बुबा निरबहादुर थेगुवा तथा तुम्बा उपस्थित थिए । साथै गीतकार मीना सिंगक, कलाकार रेखा फागो, मिस्टर  धरान  दिनेश सिंगक,  न्यानो अभियानका अध्यक्ष तथा युवा व्यबसायी पुर्ण सिंगकको पनि उपस्थित थियो ।

    सहयोग पाएपछि उत्साहित बनेका गायक केहरसिंह लिम्बुले संस्था र पदाधिकारीहरूलाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई यो सहयोगले अत्यन्तै ठुलो सहयोग र ऊर्जा मिलेको छ ।’



    केहरसिंह लिम्बु तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा पर्ने जिरिखिम्ती बजारका बालगायक हुन् । उनी चर्चित युट्युबर भाग्य न्यौपानेले पहिलोपटक युट्युबमार्फत सार्वजनिक गरेका थिए । लिम्बू पछिल्लो समयमा धेरै कार्यक्रमहरू तथा अन्तर्वार्ताहरूमा व्यस्त बन्न थालेका छन् ।

     

    गीतकार मीना सिङ्गक गायक केहरसिंहले राम्रो सङ्गीतको ज्ञान समयमै पाएमा झन् उचाई प्राप्त गर्न सक्ने भन्दै सहयोग आएको बताइन । उनले भनिन्, ‘चिनिएको प्रतिभालाई सबैले सकेको हौसला दिनुपर्छ । तेह्रथुम युके समाजले दिएको छ । अरूले पनि सकेको सहयोग गरेमा केहरसिंहलाई साङ्गीतिक क्षेत्रमा धेरै ऊर्जा प्राप्त हुनेछ । जसको फाइदा नेपाली साङ्गीतिक क्षेत्रले लिन सक्छ ।’







     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…