• काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक रामप्रताप थापा विवादमा तानिएका छन्। निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने संस्थापक थापाले एकपक्षीय र विवादित बयान दिएका हुन्।
    संघको नवौं विश्वसम्मेलन तथा अन्तर्राष्टिय अधिवेशन नजिकिँदै गर्दा संस्थापक भूमिकामा रहेको व्यक्ति उम्मेदवारको एकपक्षीय प्रचारमा लागेको आरोप थापामाथि लागेको हो।
    थापाले केही दिनअघि मात्रै अध्यक्षका प्रत्यासी कुल आचार्यले यसपालिको विश्व सम्मेलनबाट नेतृत्व अर्का उम्मेदवार कुमार पन्तलाई छाडिदिनुपर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए।
    ‘संरक्षक जस्तो व्यक्ति निष्पक्ष हुनुपर्नेमा एकपक्षीय उम्मेद्धारलाई च्यापेर हिँडनु अलि लाजमर्दो कुरा हो,’ जर्मनीका एक एनआरएनए अभियान्ताले भने, ‘विधानतः पनि उहाँले कसैलाई काखा कसैलाई पाखा च्याप्न मिल्दैन।’
    विगतमा आफ्नै नाममा सहमति भइसकेपछि पनि प्रतिद्वन्द्वी उम्मेदवारलाई छाड्नु परेको नमिठो अनुभव सम्हालेका थापाले अहिले आएर प्रजातान्त्रिक ढंगले हुन गइरहेको चुनावलाई प्रभावित पार्न खोज्नु उपयुक्त नभएको धेरै एनआरएन अभियन्ताहरुको भनाइ छ।
    ‘कि त एनआरएनएभित्र अहिले व्याप्त अनियमितता, भ्रष्टाचार र सिन्डिकेट प्रथाको जिम्मा थापा स्वयंले लिनु पर्यो, होइन भने सिन्डिकेट प्रथा तोडेर सबैको साझा एनआरएनए बनाउने अभियानमा जुटी रहेका एनआरएन साथीहरु विरुद्ध उहाँजस्तो व्यक्तिले बोल्न सुहाउँदैन,’ बेलायतबाट आएका एक प्रतिनिधिले भने।

    समावेशी टिम बनाएर चुनाव लड्ने तयारी गरेका कुल आचार्यको पक्षमा संसारभर नै लहर देखिएका बेला थापालाई त्यस्तो बोल्न लगाइएको हुन सक्ने टिप्पणी हुन थालेको छ। एकपक्षीय अभिव्यक्ति नदिन पनि एनआरएनएका प्रतिनिधिहरुले बताएका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…