• कार्तिक ३, पथरी ।
    मोरङको बेलबारी १० भाउन्नेमा आइतबारबाट सुरु तेस्रो डाँगीहाट गोल्डकप फुटवल प्रतियोगितामा चर्चब्वाइज क्लव काठमान्डौ विजयी बनेको छ ।
    जित सगै चर्च व्वाईज युनाईटेड काठमाण्डौले सेमिफाईनलको यात्रा तय गरेको हो । आईतबार भएको उद्धघाटन खेलमा मेचि नेत्रालय काकडभिट्टा फुटवल टे«निङ सेन्टर झापालाई ७–६ गोल अन्तरले पाखा लगाउँदै चर्च व्वाईज युनाईटेड काठमाण्डौले विजयी सुरुवात गरेको हो ।
    निर्धा्रित समयमा खेल १–१ बराबरीमा सकिएपछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको थियोे । खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो भने दोस्रो हाफको ४९औँ मिनेटमा काकडभिट्टाका कर्ण लिम्बुले पाएको फ्रिकिक मार्फत गोल गर्दै खाता खोलेका थिए ।
    त्यसैगरी खेलको ५८औ मिनेटमा चर्च व्वाईजका सन्तोष न्यौपानेको पासलाई सदुपयोग गर्दै मिलन राईले प्रहार गरेको बलले जाली चुम्दा ब्वाईजले खेलमा कमव्याक गर्ने मौका पाएको थियो ।


    अत्यन्तै प्रतिस्पर्धात्मक भएको खेल समयअवधि भित्र नटुंगिएपछि टाईब्रेकरमा जान बाध्य बन्यो । टाईब्रेकरमा चर्च व्वाइजका उमेश राई, पासाङ लामा, कैलाश बस्नेत, जिवन धिमाल, सन्तोश न्यौपाने र धिरेन लिम्बुले गोल गरे । काकडभिट्टाका रुपेश केसी, जिवन गुरुङ, एन्जेल गुरुङ, पुजन उपरकोटि र कर्ण लिम्बुको प्रहार मात्रै पोस्टको दिशा पायो ।


    भने आशिस चापागाँईले प्रहार गरेको बल गोलपोष्टको दाया कर्ननरमा ठोक्किएर फर्किनु नै काकडभिट्टालाई दुर्भाग्य बन्यो ।
    खेलको ५ औं मिनेटमा चर्च व्वाईजका मिलन राईले फ्रि किक मार्फत प्रहार गरेको वल असफल भएको थियो । १५ औं मिनेटमा काकडभिट्टाका कर्ण लिम्बुले प्रहार गरेको फ्रि किक मार्फत प्रहार गरेको वल गोल रक्षकको असफल तुल्याएका थिए ।
    त्यसैगरी २५औ मिनेटमा काकडभिट्टाकै रुपेश केसिले फ्रि किक मार्फत प्रहार गरेको वल पोलमा ठोकिएर बाहिरिएको थियो ।
    खेलको म्यान अफ दी म्याच चर्च व्वाईजका मिलन राई घोषित भए । उनले नगद पाँच हजार रुपैयाँ पाए ।


    बेलबारी नगरपालिका–१० भाउन्नेमा सुरु भएको १० गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष छत्र लिम्बूले बताए । आठवटा टिमले सहभागिता जनाएको प्रतियोगिताको उद्धघाटन प्रदेस सांसद केदार कार्कीले गरे । प्रथम हुने टिमले ३ लाख १ हजार र उपबिजेताले १ लाख १ हजार हातपार्ने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…