• काठमाण्डाै - नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले अपराध गर्ने व्यक्ति जुनसुकै ओहदाको भए पनि दण्ड पाउनुपर्ने बताउनुभएको छ ।

    कांग्रेस नेता मोहम्मद अफताब आलम पक्राउ परेको घटना र त्यसमा सरकारको षडयन्त्र रहेको कांग्रेस सभापति शेरबहादुर देउवाको शुक्रबारको भनाइतर्फ संकेत गर्दै नेता थापाले कुनै पनि घटनाको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने भन्दै निष्पक्ष छानबिनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताउनुभएको हो ।

    नेता थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘जोसुकै होस्, जहाँ भएको होस्, जहिले भएको होस्, जुनसुकै ओहदामा पुगेकोले गरेको होस्, अपराध गर्नेले दण्ड पाउनुपर्छ। दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागी सहयोग गर्नु हाम्रो कर्तव्य हो । यही हो काँग्रेसको धारण। । बाँकी सबै व्यक्तिगत धारणा हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…