• उर्लाबारी , मङ्सिर २२ गते । पुर्वीमोरङमालिम्बू जातिको महान् चाड चासोक तङ्नामको धुमधामका साथतयारी सुरु भएको छ किरातयाक्थुम चुम्लुङको अगुवाइमामोरङको उर्लाबारी, पथरी,बेलबारीमालिम्बू जातिहरुकेलाङ र धाननाचको अभ्यासमाव्यस्त छन् ।
    यस बर्ष मंङ्सिर २६ देखि २८ गते धुमधाममनाईने भएको छ ।
    चासोक तङ्नामको अवसरम पथरीमापुरुषतथामहिलाभलिबलप्रतियोगिता, धनुष–वाण हान्ने, छेलो, लङ्जम्पप्रतियोगिता राखिएको किरातयाक्थुङ चुम्लुङ पथरीशनिश्चरे नगरसमिति सचिवविक्रमलिम्बूले बताउनुभयो ।
    कार्यक्रमको समापनमा १ नम्बर प्रदेशकाआर्थिक मामिलामन्त्रीइन्द्रबहादुर आङ्बोप्रमुखअतिथि रहने र चासोक तङ्नामको उद्घाटन पथरीशनिश्चरे नगरप्रमुखदिलिपकुमार राईले गर्नुहुनेछ ।

    प्रकृतिपूजकलिम्बूहरु जाति मंङ्सिरे पूर्णिमादेखि उधौलीपर्वलाई महान् चाडका रूपमाधूमधामका साथ मनाउँछन् । लिम्बू बस्तीमा ढोल र झ्याम्टाको तालमायति बेला केलाङ (च्याबु्रङ) नाँचको अभ्यास भइरहेकोे देख्न पाइन्छ । पछिल्लो पुस्तामालिम्बू संस्कृतिको विकास हस्तान्तरण गर्न यो पर्वले मदतगर्दै आएको कियाँचु मोरङकाअध्यक्षविवेक लिम्बूले जानकारी दिनुभयो ।

    बारीभरि पैयुँफुलेकोसमयलाई किराँतीले उधौलीयाम (दक्षिणायन) सुरु भएको संकेतका रूपमाचासोक चाड मनाउने गरेको उर्लाबारीकाप्रकाशकन्दङ्वालिम्बूले बताउनुभयो ।

    उभौलीयाम सुरु भएसँगै लिम्बूले मङ्ंसिर पूर्णिमाको दुई दिन अघिदेखि घरघरमा र चुम्लुङ हिममाजम्माभएर ‘चासोक तङ्नाम’मनाउने चलन रहेको किरातयाक्थुम चुम्लुङकाउर्लाबारीका सचिब अमर सेलिङ लिम्बूले बताउनुभयो । किराँतलिम्बूले नयाँपाकेको अन्नबालीतागेरा निङ्वाफू माङलाई चढाएरमात्रखाने चलन छ ।

    नेपालीभाषामा ‘चासोक’को शाब्दिक अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ चाडपर्व रहन्छ । लिम्बूहरूले चासोकको दिनचुम्लुङ हिममा भेलाभएर आफ्नो खेतमापाकेको नयाँअन्नधान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफु माङलाई चढाएर घरघरमापूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेलाभएर खाने प्रचलन रहेको उहाँको भनाई छ ।
    विस्तारै लोप हुनलागेको लिम्बूहरूको याराक (धाननाच), केलाङ (च्याबु्रङ नाच), पकलुम लेप्मा (छेलो हान्ने), थाकथाक्मा (तानबुन्ने), लीआप्मा (गुलेलीहान्ने) संस्कृतिलाई जोगाउनलिम्बूहरूको नयाँ पुस्तालागिपरेको छ । सबै थुम (तम्बर खोले, मेवाखोले, फेदापे, छथरे, पाँचथरे)कालिम्बूहरू एकै ठाउँमा भेलाभएर च्याब्रुङको तालमाशुभकामना साट्ने चलन छ ।
    यसैवीचचासोक तङ्नामको अबसरमामोरङको उर्लाबारीमाचासोक तङ्नामको अवसरमा ३ दिने मेलाआयोजनाहुने गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…