• मंसिर २३, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । आज दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको कार्यकारी भूमिका पाएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैचारिक तथा सांगठानिक प्रस्ताव पेश गर्ने बताइएको छ ।

    यसअघि सचिवालयको बैठक आज बिहान ९ बजेका लागि बस्ने भनिएको भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै दिउँसो १ बजेका लागि सारिएको हो । सचिवालय बैठकमा उपनिर्वाचनको परिणामलगायत पार्टीको एकताको विषयमा पनि छलफल हुने बताइएको छ ।

    केही समयअघि बसेको बैठकले पार्टीको प्रधानमन्त्री एवं पार्टि अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चालउने र प्रचण्डलाई पार्टीको कार्यकारी जिम्मेवारी दिएको थियो । सोही जिम्मेवारी अनुसार आज प्रचण्डले सचिवालय बैठक बोलाएका हुन् ।

    त्यस्तै लामो समयदेखि बस्न नसकेको पार्टीको स्थायी समिति बैठक बोलाउने सम्बन्धमा पनि नेकपाको उच्च तहमा छलफल भइरहेको छ । स्थायी समिति बोलाउने र त्यसमा प्रस्तुत हुने एजेन्डा तय गर्ने विषयमा नेकपा नेतृत्व जुटेको छ ।

    त्यस्तै प्रतिनिधि सभाको सभामुखको निर्वाचनका सम्बन्धमा पनि सचिवालयमा छलफल हुने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…