•  

    उर्लाबारी । मोरङको उर्लाबारी ९ आम्बारीमा चासोक तङ्नामको अवसर पारेर आयोजित भेट्रान फुटवल प्रतियोगिताको आज भएको सेमिफाईनल खेलमा धरमपुर भेट्रान फुटवल क्लव बिजयी भएको छ । दमक भेट्रान लखनपुरलाई १—२ गोल अन्तरले पछि पार्दै धरमपुर बिजयी भएको हो ।
    जितसँगै धरमपुर फाईनलमा पुगेको छ । धरमपुरको जितको लागि मनकुमार तामाङ र रमेश लिम्बूले १÷१ गोल गरे । दमकका हस्तबहादुर पिठकोटीले सान्तवना १ गोल फर्काए ।
    खेलको म्यान अफ द म्याच धरमपुरका लिलाबहादुर जोशी घोषित भए । उनलाई खेलका अध्यक्ष मानबहादर थापा र राजघाट भेट्रानका अध्यक्ष अर्जुन नाल्बोले पुरस्कार हस्तान्तरण गरे ।


    भोलिको फाईनल खेल आयोजक धरमपुर भेट्रान क्लव र आयोजक राजघाट भेट्रान क्लव बिच हुनेछ ।

    सहिद प्रेम बहादुर पोमो तथा स्वर्गीय भागीरथा पोमो स्मृति फाउण्डेसनद्धारा उहाँहरुकै स्मृति फुटवल प्रतियोगिताको आयोजना गरिएको हो ।

    खेलको बिजेताले नगद प्रमाणपत्र प्राप्त गर्ने संस्थाका संयोजक विश्वास पोमोले जानकारी दिनुभयो । खेल सन्चालन गर्नका लागि मानबहादुर थापाको अध्यक्षमा खेलकुद समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा आईतहाङ तुम्बाहाम्फे,सचिवमा दीपक पोमु र कोषाध्यक्षमा कैलाश थापा मगर रहनुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…