बजारमा अखाद्य बस्तुको विगविगी छ । उपभोक्ताको गुनासो नआएको दिनै छैन् । बजारमा पाईने सागसब्जीमा विषादीको अधिक प्रयोग हुने गरेको छ । अप्राविधिकहरूले जथाभावि तुलो थापेर विषादी बिक्री गरिरहेका छन् । तर, सरकार तिनलाई कारवाही गर्न त के तिनको अनुगमन सम्म गर्न भ्याउँदैन । वडा सरकार, गाउँ, नगर सरकार , प्रदेश सरकार अनि संघीय सरकार । साँच्ची भन्ने हो भने चोकै पिच्छे सरकार छन् । नियमक निकाय र खाद्य तथा गुण नियन्त्रण कार्यालय पनि छन् ।
यति धेरै सरकार र सरकारी निकाय हुँदा पनि हरेक खाद्यन्नमा अखाद्य वस्तु मिसावट भइरहेको छ । दूधमा पानी, पेट्रोलमा मट्टितेल,बेसारमा चामलको पीठो, घिउमा वनस्पति घिउ ,महमा चिनी मिसाउने त परम्परा नै बनिसक्यो । पछिल्लो समय चामल,गहुँको पीठो, खानेतेल लगायत दैनिक उपभोग्य वस्तुमा पनि मिसावट बढेको छ ।
जसको कारण नागरिकले विभिन्न रोगको सिकार भई बन्नु परेको छ । ठुला ठुला परिवर्तनका कुरा भईरहदा जनताको स्वास्थ्य सँग सम्बन्धित यस्ता विषयमा कसैको पनि ध्यान गएको छैन् । जसको कारण नागरिकले खानाको प्रत्येक गाँसमा रोग खाईरहेका छन् ।‘स्वास्थ्य नै धन हो’ यो विश्वव्यापी धारणा हो तर जति सुकै धारणा नीति नियम बने पनि हामीले खाने गरेको दैनिक उपभोग्य सामान तर मिसावट रहित भेटिदैन ।
स्वस्थ खाना खाना पाउनु नागरिकको अधिकार हो । विभिन्न अधिकारको कुरा भईरहदा स्वस्थ खाना मिसावट रहित खाद्यन्न तरकारी खाने अधिकार नै गुमिसकेकोे छ । त्यसैले सरकार बजार अनुगमन गर काला ब्यापारीलाई कठ्घरमा उभ्याउ ।
नागरिक दिनप्रति दिन अत्याधिक मिसावट भएका खाद्यान्न बस्तुहरु उपभोग गरेर अस्वस्थ भएका छन। दिन दुगुणा रात चोैगुणा रोगीहरुको सख्या बढेको छ त्यसैले सरकारको ध्यानाकर्षण होस । बजार अनुगमन छिट्टै होस् र बजारमा भएका सामाग्रीहरुको गुण्स्तर,उत्पादन समय सबै चेकजाँच होस । झारो टार्ने अनुगमन बन्द गरियोस । पूर्व सुचना दिएर गरिने अनुगमनले खास अर्थ राख्दैन् । त्यो त अनुगमनको नाममा सरासर बचाउ हो ।
यसरी ब्यापारीको कमाउने धन्दालाई कहिले सम्म बढावा दिने,अरु ठुला–ठुला गफ किन गर्नु विहान उठ्ने वितिकै चिया पकाउन ल्याउने दुधमा समेत मिसावटको मात्रा बढि भेटिन्छ । प्याकेट दुधको पारा के होला?अब सरकारले सोच्ने वेला आएन र भन्या ?बजारमा मार्सि चामलको चर्चा चलिरहेको बेला हामी जस्तो सर्वसाधरण नागरिकले तेस्रो चोैँथो क्याटागोरीमा पर्ने चामलको भात खानु परेको छ । चामलको बोरा सग्लो भएपनि ठाउँ ठाउँमा छिलेर कति माना झिक्छन कसैलाई पत्तो हुदैँन।अझ प्राकृतिक प्रकोप आईपर्याे भने समय नाघेका सामान खुलामखुल्ला वितरण हुन्छ
ब्यापारीको कालो धन्दाले उत्कृष्टता हासिल गर्छ ।यसरी नागरिक माथि सरकारी तलब भत्ता सेवा सुविधा लिनेहरुले गैरजिम्मेवार काम गर्न मिल्छ ?
बालबालिका देखि बृद्धा बा,आमा सम्म यस्ता खाद्यन्नको कारण रोगको सिकार भएको विषयमा कुनै सरोकारवाला निकायले चासोँ राख्दैन् यहाँ साना कुरा जो जनताका ति विषयमा न हिजो चासो थियो न आज छ यो प्रवृति कहिले सम्म? कि यो सरकारको दायित्व भित्र पर्दैन ?
चामलको कुरा मात्र हैन,दाल चिउरा तेल मसला हरेक उपभोग्य बस्तुको स्थिति एउटै छ । जसमा सम्बन्धित विशेषज्ञ लाई प्रश्न गर्दा खतरनाक खान मिल्दैन् भन्ने जवाफ आएको थियो तर पनि यथावत सबैले खाई नै रहेका छन सरकार निरिह बनेर टुलुटुलु हेरिरहेको छ ।
अब,सोचोैँ हामीले खाने हरेक बस्तुहरु मिसावट नै मिसावट छन अनि नागरिक त्यहि खाद्य भनिने अखाद्य बस्तु खाएर लाखौंको संख्यामा विमारी हुन्छन् अनि खाद्य परिक्षण गुणस्तर विभागमा कर्मचारीले घाम तापेर जागिर खाईरहेका छन् ।
दुईतिहाई सरकारले कदम चाल्नु जरुरी छ अब कुनै बाहना बाजी मान्य हुने छैन् यि सारा विकास समृद्दि भन्दा अगाडी नागरिक बचाउने काम गर सरकार जनता बाँचे त समृद्दि देख्लान् समृद्धि अगाडी मृत्यु भयो भने त्यो समृद्धि कसरी समृद्ध रहन सक्ला र ।