• काठमाडौं, ३० बैशाख । नेपाली कांग्रेसका नेता डा. चन्द भण्डारीले भारतले तत्कालिन सुगौली सन्धीलाई नमान्ने हो भने नेपाल सरकारले पनि मान्नुपर्ने कुनै बाध्यता नभएको बताउनुभएको छ । उहाँले नेपाल सरकारले भारत सरकालाई उचित जवाफ दिनका लागि सुगौली सन्धी कार्यन्वयन गर्न भारत तयार नभए कांगडा र तिष्टाको कुरा उठाएर वार्तामा बस्नुपर्ने बताउनुभयो ।

    डा. भण्डारीले भारतकै कारण नेपालको राष्ट्रियता सधै खतरामा रहँदै आएको बताउनुभयो । उहाँले भारतका कारण नेपालको राष्ट्रियता र प्रजातन्त्र सधै खतरामा पर्दै आएको दावी गर्नुभयो । उहाँले भारत नेपालको छिमेकी भएपनि उ कहिल्यै पनि असल छिमेकी हुन नसकेको दावी गर्नुभयो ।

    भण्डारीले नेपाली भूमिमाथि त्रिदेशीय व्यापारी नाका बनाउने भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनफिङबीच चीनमा सहमति भएपछि तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाले भारतीय राजदुतलाई बोेलाएर कुरा गर्दा र भारतीय प्रधानमन्त्रीलाई फोन गर्दा मोदी रिसाएर कोइरालाई भ्रमण जान समेत नदिएको प्रसंग उल्लेख गर्दै अहिलका प्रधानमन्त्रीमाथि संका उव्जिएको बताउनुभयो ।

    https://youtu.be/iYhYwZJwHjs

    उहाँले विगत लामो समय देखि भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनमा रहेको मानसरोवर जाने बाटो बनाउदा समेत जानकारी नराख्ने नेपालको सरकार, नेपाली सुरक्षाकर्मी र कर्मचारी के हेरेर बसेका थिए भन्दै नेपालका शासकहरु कहिल्यै पनि नेपालको हितमा नभएको बताउनुभयो । देशको सुरक्षा गर्न नसक्ने सरकार, सुरक्षाकर्मी र कर्मचारीलाई कर तिरेर जनताले पाल्न आवस्या नभएको तर्क भण्डारीको छ ।

    भण्डारीले भारतसँग चन्दा मागेर चुनाव लड्ने, मन्त्री बनाइदिनुपर्यो भन्दै भारतसँग लम्पसार पर्ने नेताहरुको हातमादेशको नेतृत्व गएकाले नेपालको राष्ट्रिता र प्रजातन्त्र सदैव खतरामा पर्ने गरेको दावी गर्नुभयो । उहाँले मन्त्री र प्रधानमन्त्रीको आर्शिवादका लागि जिउ र जदौ गर्नेहरुबाट नेपालको रक्षा असम्भव रहेको ठोकुवा गर्नुभयो ।

    उहाँले भन्नुभयो,‘भारतले सुगौली सन्धी मन्दैन भने नेपालले मात्रै मान्नुपर्छ भन्ने छैन । हामी पनि काँगडा तिस्टाको कुरा उठाउन सक्छौ । तर, नेपालमा त्यो आँट भएको नेता जन्मिएका छैनन् । नेपालको सुरक्षा गर्न नसक्ने सरकार, सुरक्षाकर्मी र कर्मचारी पाल्नु आवस्यक छैन । भारतलाई नोट पठाउदै मा र राजदुतलाई बोलाउदैमा केहि हुदैन । काम गरेर देखाउनुपर्यो । नेपाल हाम्रो हो । भारत चीनले अतिक्रमण गरेका जमिनहरु फिर्ता गर्नु पर्छ’ । ऋषि धमला / रेडियो एनआरएन

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…