• यूएई / विश्वलाई नै आक्रान्त बनाईरहेको कोरोना भाईरसको संक्रमणबाट दुई जना नेपालीले ज्यान गुमाएका छन।
    यूएईको राजधानी आबुधाबीमा एकजना र अल ऐनमा एकजना गरि आज दुई नेपालीले कोरोनाका कारण ज्यान गुमाएका हुन्।
    अर्घाखाँची घर भई वैदेशिक रोजगारीको शिलशिलामा अबुधाबी स्थित एउटा रेष्टुरेन्टमा काम गर्ने ३९ वर्षका र अल ऐनमा ठेगाना नखुलेका एक युवाले ज्यान गुमाएका हुन्।

    निकै लामो समयदेखि आईसोलेशनमा रहेका अर्घाखाँचीका युवालाई कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएपछी शुरुमा आबुधावीको ब्रुजेल अस्पताल लगिएको थियो । उनको अवस्थामा सुधार आउन नसकेपछी अल ऐन स्थित ब्रुजेल अस्पतालमा सारिएको थियो ।

    भेण्टीलेटरमा राखेर उनको उपचार भईरहँदा आज मंगलबार उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको हो। उनी कार्यरत कम्पनीले परिवारलाई घटनाबारे जानकारी गराएको बताएको छ । गत साता यूएईमा अर्घाखाँचीका अर्का एक जनाको पनि कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।
    अल ऐन अस्पतालमा ज्यान गुमाउने अर्का ब्यक्तिको भने नेपालको ठेगाना खुल्न बाँकी छ।

    यूएईमा कार्यरत नेपालीमा कोरोना सङ्क्रमण बढे पनि स्थानीय सरकारले संक्रमितको राष्ट्रियता नखुलाउँदा दूतावासले यकिन विवरण प्राप्त गर्न समस्या हुनथालेपछी कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालीको बिबरण पुष्टि गर्न छाडेको छ ।

सम्वन्धित समाचार

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । …