• विराटनगर, बैशाख ३० गते । साँझबिहान खाना खाँदै दिनरात गाडीको बास हुनु भएका ओखलढुंगाका रामबहादुर तामाङले जीवनमा धेरैै किसिमका अनुभव बटुलिसक्नु भएको छ ।

     

    बन्दाबन्दीको ४८ औं दिनसम्म विराटनगर बसपार्कमै अल्झनु भएका ४६ वर्षीय तामाङ जस्तासुकै दुःखसँग लड्ने सक्ने आत्माविश्वासी बन्नुभएको हो ।

     

    तीनवटा संघ र संगठनले तामाङ जस्तै ५८ जना यातायात क्षेत्रका मजदुरलाई लगातार ४२ दिनदेखि निःशुल्क खाना खुवाउँदै आएको छ । खाना निःशुल्क खान पाइएको छ, तामाङले भन्नुभयो–सुत्न नि निःशुल्क बस छँदैछ ! उहाँले आफूले भूकम्पदेखि लामो समयसम्मको राजनीतिक आन्दोलनको बन्दसँगै गाडीमै आउने प्राविधिक समस्याले बाटोमा रोकिनु पर्ने दुःख भोगिसकेको बताउनुभयो ।

     

    चालक तामाङले ना.५ख ३१५१ नम्बरको सत्कार यातायात ओखलढुंगाबाट विराटनगर गत चैत ११ गते ल्याईपु¥याउनु भएको थियो । त्यसपछिका दिन बसपाकैमै केहि भन्न नसकिने गरि बस्नु परेको छ ।

     

    केहि भन्न नसक्ने जस्तै छु तर पनि बिस्मात् त छैन, चालक तामाङले भन्नुभयो– खाना खुवाउने दाताहरु हुनुहुन्छ, जीवन सुखदुखका भोगाई बिताईरहेको छु ।

     

    यातायात क्षेत्रमा काम गर्दै आउनु भएका मजदुरहरुको पीडा बन्दाबन्दीले समान बनाएको छ । तर, कतिपय मजदुरहरुको पीडा भने भिन्न किसिमका पनि छन् । अभिभावकले नचाहँदा–नचाँहदै पनि बेखबर बनेर यातायात क्षेत्रमा काम गर्नेहरु भने बन्दाबन्दीसँगै वेवारिसे जस्ता पनि बनेका छन् ।

     

    बसपार्कमा नेपाल यातायात स्वतन्त्र संगठन विराटनगर, सुनौलो पूर्व नेपाल यायाता सेवा प्रा.लि. विराटनगर र बसपार्क व्यवस्थापन समितिले संयुक्त रुपमा समस्यामा परेका यातायात मजदुरसहितका नागरिकलाई खाना खुवाउँदै आएका हुन् ।

     

    गत चैत १९ गतेदेखि निरन्तर बसपार्क नजिकैको होटल उपकारमा असजिलोमा परेकाहरुका लागि खाना पाक्दै आएको छ । होटलको खाना खाँदै बसमा आराम गर्दै आउनु भएका महोत्तरी बर्दिवास घर बताउनु हुने विजय राई बिहान–बेलुका खाना खान पाउनु नै भाग्य भएको बताउनुहुन्छ । राई जस्तै झापा भद्रपुर–२ बालुवाडीका विजय मिश्रले समेत ढेड महिना यता बसपार्कमै जीवन बिताई रहनुभएको छ ।

     

    एक महिनासम्म यो अभियानमा नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले समेत साथ दिइएका थिए । तर, पछिल्लो १२ दिनयता दुई वटा संगठनले आर्थिक सहयोग गर्न नसक्ने भन्दै बाहिरिए पनि भौतिक रुपमा आवश्यक पर्ने सहयोग गर्दै आएको नेपाल यातायात स्वतन्त्र संगठन विराटनगरका अध्यक्ष उत्तम बन्जराले जानकारी दिनुभयो ।

     

    समस्यामा परेका मजदुरको लागि पाकेको खाना अन्य अलपत्र परेका नागरिकले समेत खान पाउँछन् । सुरुका दिनमा मजदुर तथा यात्रु समेत गरेर ७० जनालाई खाना खुवाईदै आएको थियो । त्यति मात्रै नभई भारत गुजरातका नागरिकलाई समेत ७ दिनसम्म खाना खुवाइएको बन्जराले जानकारी दिनुभयो ।

     

    बसपार्क आसपासका होटलमा काम गर्दै आएका मजदुरले समेत खाना यातायात मजदुरका लागि पाकेको खानाको घरमा छन् । बसपार्कस्थित होटल लेक भ्यूमा कार्यरत रुपेन्देहीका विकेक घिमिरे आफ्नो मालिकले फोन स्वीज अफ गरेर बसेपछि यातायात मजदुरहरुसँगै खाना खाँदै आएको बताउनुहुन्छ ।

     

    दैनिक ३० केजी चामलको खाना खपत हुँदै आएको होटल उपकारका सञ्चालक टिकाराम भट्टराईले जानकारी दिनुभयो । सञ्चालक भट्टराईका अनुसार प्रतिव्यक्ति ६० रुपिँया मूल्य कायम गरेर खाना खुवाउने गरिएको छ । त्यसको व्यवस्थापनका लागि संयोजन गर्दै आएका संघ र संगठनले दातासँग समेत सहयोग लिएर होटलमा खाद्यन्न लगायतका सामाग्री समेत उपलब्ध गराउने गरेका छन् ।

     

    अध्यक्ष बन्जराका अनुसार अहिलेसम्म नेकपा मोरङसहित एलपी ग्यास बिक्रेता संघ, विराटनगर महानगरको वडा नं. ११ र १२, राष्ट्रियसभा सदस्य गोपी अछामी, उद्योगी तथा व्यवसायी आवद्ध मोरङ व्यापार संघ र उद्योग संगठन मोरङ, होटल रत्नास्थित सिएजे क्लवका शिवकुमार राई, लायन्स अभियानकर्मी रेवत कार्की र कुलायन ब्याट्रीका सञ्चालक गिरेन्द्र कार्कीले मजदुरलाई खाना खुवाउनका लागि सहयोग उपलब्ध गराउनु भएको छ ।

     

    ट्रेड यूनियन महासंघ प्रदेश १ का अध्यक्ष किशोर धमलाले मजदुर संघ तथा संगठनले देखाएको उदारतालाई मालिकहरुले भुल्न नहुने बताउनुभयो । उहाँले अलपत्र परेका यातायात मजदुरहरुले ढेड महिनासम्म गाडी रुँघेर बसेको दैनिक उनीहरुले पाउने सेवा र सुविधा दिनुपर्ने माग गर्नुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…