दिपक बस्नेत
दोलखा - नेपाली कांग्रेसका युवा नेता एवम नेविसंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेले नेपाली भुमि मिच्ने भारतीय बिस्तारबादको चर्को बिरोध गरेका छन्।
नेपाली कांगेस तामाकोशी गाउँपालिकाद्धारा आयोजित सरकारको नैतिक र बिस्तारवादीको नियतिको बिरोधमा निकालिएको बिशाल मशाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता काफ्लेले सो कुरा बताएका हुन्।उनले सम्पूर्ण नेपालीलाई क्वारेन्टिनको सुरक्षित ब्यबस्था गर्न सरकारलाई आग्रह गरेका छन्।
कार्यक्रममा नेपालि काग्रेस जिल्ला कमिटि सदस्या कुमार भुजेत, तामाकोशी गाउँ पार्टि उपसभापति गोपाल तिमल्सीना , तामाकोशी गाउँपालिका पार्टि सचिव चन्द्र गणेश काफ्लेले मन्तव्य राख्नुभएको गोपाल तिमल्सीनाले जानकारि दिनु भयो ।
कार्यक्रमको संचालन पचण्ड दिप कार्कीले गर्नु भएको थियो । कार्यक्रममा दलित सभापति डवल रोकाह, नेविसंघ गाउँपालिका अध्यक्ष गोपि खड्का, तरुन दल अध्यक्ष रोसन पोखरेल, निराजन खड्का लागाएको उपस्थिती रहेको थियो । कार्यक्रममा पालिका भित्रका ६०० सय युवाहरुको उपस्थिति रहेको बताइएको छ ।