•  

    काठमाडौँ, ३ जेठ : नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ ।

    उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यकताअनुरुप नेपाली सेनाले प्रष्ट र जिम्मेवार ढङ्गबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने जानकारी दिनुभयो ।

    भारतीय सेना प्रमुख नरवानेले एक कार्यक्रममा मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा (एलएसी)लाई लिपुलेक हुँदै गएको उक्त सडकमा कुनै विरोधाभाष नभएको अभिव्यक्ति दिएपछि नेपाली सेनाको उक्त प्रतिक्रिया आएको हो ।

    भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले यस विषयमा आपत्ति जनाउँदै प्रतिक्रिया दिइसकेको छ ।

    यसअघि भारतले नेपालको उक्त क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेकामा नेपाल सरकारसहित सम्पूर्ण राजनीतिक दलले उक्त नक्सा सच्याउन भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…