उर्लाबारी/ १ नम्बर प्रदेश सरकारले मोरङको उर्लाबारी नगरपालिका – ३ स्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा स्तरोन्नतिका लागि बजेट बिनियोजन गरेको घोषणा गरेको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना विकाश मन्त्री इन्द्रबहादुर आङ्बोले आज प्रदेशसभा बैठकमा बजेट भाषण प्रस्तुत गर्दै सो योजनामा लागि आवश्यक बजेट बिनियोजन गरेको घोषणा गर्नुभयो ।