•  

    काठमाडौँ, साउन ६ गते । साउन ८ गतेदेखि छोटा, मझौला तथा लामो रुटका सबै सार्वजनिक यातायात सञ्चालन गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात मजदुर सङ्घ, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले घोषणा गरेका छन् ।

    मङ्गलबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलनको आयोजना गरेर साउन ८ गते बिहीबारबाट सार्वजनिक यातायात सञ्चालन गर्ने जानकारी दिएका हुन् । यातायात मजदुरहरूको समूहलाई नेपाल सरकारले ५० प्रतिशत तथा सम्बन्धित व्यवसायीले ५० प्रतिशत बोहोर्ने गरी कोरोना बीमा गरिदिने, यातायात श्रमिकहरूको कोरोनाको कारण मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने गरी सरकारको तर्फबाट कोषको व्यवस्थापन गर्ने, सार्वजनिक यातायातमा श्रमिकहरूका लागि आवश्यक रहेको मास्क,पञ्जा, सेनिटाइजर,पिपिई सम्बन्धित व्यवसायीले व्यवस्था गर्ने, नेपाल सरकारको मापदण्ड अनुसार सवारी साधन सञ्चालनको लागि स्वास्थ्य सुरक्षा आवश्यक सुरक्षा सामग्री महासङ्घमा आबद्ध कम्पनी, प्राली, व्यवसायीले व्योहोर्ने गरी सार्वजनिक यातायात सञ्चालन गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

    पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन भीम ज्वाला राईले हस्ताक्षर गर्नुभएको छ ।

    पत्रकार सम्मेलनमा आफूहरूले उठाएको विषयमा सरकारले मौद्रिक नीतिमार्फत सम्बोधन गरेकाले त्यसको प्रभावकारी कार्यान्वयन हुनेमा विश्वास लिएकाले साउन ८ बाट सार्वजनिक यातायात सञ्चालन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…