•  

    काठमाडौँ, साउन ६ गते । नेपालमा कोभिड–१९ का १५० जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा जना नयाँ सङ्क्रमितको पुष्टि भएको हो ।
    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो नियमित पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा तीन हजार ९६१ नमूना सङ्कलन गरी परीक्षण गरिएको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका बिरामीसँगै नेपालमा कोभिड–१९ सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९९४ पुगेको छ । पाँच हजार ४७७ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।

    पछिल्लो चौबीस घण्टामा ६०९ जना सङ्क्रमित सङ्क्रमणमुक्त भई घर फर्केका छन् ।

    ५२९ जना रेड जाेनमा परेका छन् ।

    हालसम्म १२ हजारभन्दा ४७७ सङक्रमित निको भएका छन् ।

    उपत्यकामा थप ९ जना सङक्रमित

    पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा काठमाडाैंमा ८ जना र ललितपुरमा १ जना सङक्रमित थपिएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…