• ओम आचार्य

    नेकपा को सरकारलाइ अधिनायकबाद र सर्वसत्ताबादको आरोप लागिरहेको वेला संबैधानिक परिषदबाट संबैधानिक पदहरुमा नियुक्त गरिने सन्दर्भमा आफ्नो अनुकुलको निर्णय गर्न अध्यादेश मार्फत ल्याउने विधेयकले अव अधिनायक प्रवृती र सर्वसत्ताको शौख मात्रै हैन निरंकुस हुने सरकारको शैलि देखिएको छ।

    अहिले नेकपा भित्रको यो कम्युनिस्ट सरकारमा सरकार संचालनको शैली उस्कै सहयात्रीहरुबाट प्रखर विरोध हुदै आएको छ । सरकार नेतृत्व गरिरहनु भएका प्रधान मन्त्री के पी ओलीलाइ अहंकारी घमण्डी मिचाहा भएको आरोप लागिरहेकै समयमा अहिले संबैधानिक परिषदको विसयमा ल्याएको विधेयकले ने क पा भित्र अरु द्वन्द त भित्र्याउछ नै र यस्ले अव हुने हिउदे अधिवेशनामा थप तनाव थप्ने छ ।

    संबैधानिक परिषदको बैठकमा पछिल्लो पटकको बैठक नेपाली कांग्रेसका सभापती शेर बाहादुर देउवा ले आफ्नो अनुपस्थित हुने कुरा जानकारी गराएपछी आएको यो विधेयकले नेपाली काग्रेसलाइ थप चिडाउने देखिएको छ।

    काग्रेसले अहिले नेकपा सरकारको विरुध्दमा सडक आन्दोलन गरिरहेकै समयमा आएको विधेयकले आन्दोलन अरु तेजले वडने त छदैछ तर वर्तमान सरकार प्रती संस्थापन पक्षबाटै अत्यन्त दरिलो विरोध र असन्तुष्टी राखिरहको र यही समयमा काग्रेस को सडक आन्दोलन चलिरहेको अवस्थामा सरकारबाट ल्याइएको विधेयक राजनीतिक क्षेत्रमा अर्थपुर्ण देखिन्दै छ।

    अहिले प्रधानमन्त्री के पी ओली ले नेतृत्व गरिरहनु भएको नेकपा को सरकार भित्र रहेका मन्त्रीहरुले ओलीको नेतृत्व रहेको सरकारलाइ दरो साथ र सहयोग गरेकाले पनि ओली लाइ यस्ता खालको निर्णय गर्न सहज रहेको देखिएको छ ।

    गणतन्त्र पछी सरकारको नेतृत्व गरेका सरकारको सुचिमा अहिले के पी ओलीको मुटु दरो र साहास अदम्य रहेको भन्नै पर्छ यस अर्थमा कि नेकपाका अर्का कार्यकारी अध्यक्ष प्रचण्ड वरिष्ठ नेता माधव नेपाल वामदेव गौतम प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतहरुको विरोध र घेराबन्दी र गुटवन्दीको चरम सुनाना रहदै फ़ुटको सम्भावना एकातिर छ भने अर्को तिर काग्रेस को सडक आन्दोलन र राजाबादीहरुले समेत सडक तताएको अवस्थामा केपी ओलीको पाटीमा गरिएका संवाद र सरकार संचालन शैली एकल नेतृत्वामा हाकिरहेको हुदा प्रधानमंत्री ओली लाइ साहासी र मुटु दरो भएको नेतामा लिनु पर्छ ।

    तर प्रधानमन्त्री ओलीको मुटु दरो र सहासले नेपालको राजनीतिमा निस्चयनै प्रेसर बडाउने नै छ यो राजनीतिक प्रेसरले नेपालमा स्थापित संघिय गणतान्त्रिक व्यवस्थालाइ हर्टएट्क गराउनेछ त्यो हर्टएट्कले मृत्यु या प्यारालाइसिस भने गर्ने चिन्ता सर्वत्र गरिन्दै छ ।

    यस्को संभावना अहिले नेपालमा बडिरहेको राजनीतिक सरगर्मीले यस्तो आंकलन गर्न थालिएको छ । यस्तो आंकलन अहिले नेपाली काग्रेस भित्र पनि गरिन थालिएकोले नेपाली काग्रेसमा यो दुर्घटना हुन नदिन सवैभन्दा बड़ी ज़िम्मेवारी छ । कथंकदाचित प्रधानमन्त्री ओलीको दरो मुटु र साहसले भोली नेपालको राजनीतिमा प्रेसर वडेर गणतान्त्रिक संघिय व्यवस्थामा हर्टएट्क भइ कुनै दुर्घटना घंटे नेपालको दुर्भाग्य नै हुनेछ र दुर्भाग्यको सिकार राजनीतिक दलहरुमा सवै भन्दा वडी क्षती नेपालि काग्रेस ले वोक्नु पर्ने छ यो किन भने मानव अधिकार नागरिक हक़ अधिकार विचार र अभिव्यक्ति को स्वतन्त्रता लोकतन्त्रको पक्षपाती रहेको काग्रेसमा सवैको भरोसा आसा निष्ठा विश्वास छ र त्यो जनताको त्यो विश्वास र निष्ठालाइ वचाउन काग्रेसको ज़िम्मेवारी पनि हो ।

    अहिले नेपालको राजनीति संवेदनशिल मोड़मा रहेको अवस्थामा नेपाली कांग्रेसको भुमिका र तेतृत्व नदेखिरहेको र अझै प्रतिपक्षको भुमिका निर्वाह ठ्याम्मै देखाउन नसकेको र काग्रेस भित्रैबाट पनि वर्तमान काग्रेसको नेतृत्वलाइ भागवन्डा खोजेको र वर्तमान सरकारलाइ सहयोगी भुमिका निर्वाह गरेको आरोप लागिरहेको अस्थामा यो आरोपबाट अव मु्क्त हुन उपयुक्त समय छ र त्यो समयलाइ सदुपयोग गरेर साच्चै नै लोकतन्त्रकोलागी काग्रेस हदै सम्म जान्छ भने कुरा देखाउन सक्नु पर्छ जसरी तनहुको पुल उद्घाटनको सन्दर्भमा वरिष्ठ नेता पौंडेल माथि गरिएको दुर्व्यवहार र पक्राउ गरिदा जसरी प्रतिरक्षामा उभिन्दै सडक आन्दोलन गर्यो अव लोकतन्त्र को रक्षाकैलागि पनि त्यसरी नै प्रस्तुत हुनु नेपाली काग्रेसको लागी अपरिहार्य देखिएको छ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…