मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा राष्ट्रव्यापी बुद्धिचाल प्रतियोगिता हुने भएको छ । फ्रेण्डसिप चेस क्लवको आयोजनामा मोरङमा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको तयारी स्वरूप आज (सोमाबार) क्लवको कार्यालय उद्घाटन भएको हो । क्लवका अध्यक्ष धनराज राईले प्रतियोगिता बारे जानकारी दिएका हुन् । यस अघि असारमा प्रतियोगिता गर्ने घोषणा भएको थियो ।
