• मोरङ मिक्लाजुङ मधुमल्लाकी सरिता लिङदेन गीतकार रुपमा नेपाली साँगीतिक क्षेत्रमा उदाउनुभएको छ ।
    लामो समय देखि गीति लेखनमा क्रियाशिल सरिताको कापीको पानामा सिमित गीत रेकर्ड भई भिडियो सहित सार्वजनिक भएको छ ।
    सरिताले लेख्नुभएको ‘ उडेर जाँउ भन्छ यो मन उनकै सामु किन ’ बोलको गीत चर्चित गायिका अन्जु पन्तले गाउँनुभएको छ । जुन गीतको भिडियो सार्वजनिक भएसँगै छोटो समयमै दर्शक श्रोताहरुले अत्याधिक रुचाईरहेका छन् । भिडियोको भ्यूज निक्कै गईरहेको छ ।
    मञ्जुल मितेरीको संगीत रहेको यस गीतमा बादल लिम्बूको संगीत संयोजन रहेको छ । गीतको म्यूजिक भिडीयोमा अहिलेका ब्यस्त कलाकारहरु रीमा बिश्वकर्मा र निराजन प्रधानले अभिनय गर्नुभएको छ ।
    छोटो समयमै यस गीतले पाएको दर्शक र प्रशंसाले आफूलाई नेपाली सुगम संगीतमा अगाडी बढ्ने हौसला मिलिरहेको गीतकार सरिता लिङ्देनले बताउनुभयो ।
    प्रतिक्रियाहरु पनि एकदमै राम्रो आइरहेको छ । जसले गर्दा म निक्कै खुशी छु,सरिताले भन्नुभयो ।
    सार्वजनिक भएको पहिलो गीत दुईदिनमै चर्चाको शिखरमा पुग्दै गर्दा गीतकार सरितालाई यो क्षेत्रको उज्वल नक्षत्रका रुपमा लिन सकिन्छ ।
    स्कुलमा हुँदा चाहिँ गीत गाइरहन्थे । गीत गाउन एकदमै मन पथ्र्याे तर परिस्थिती अनुसार त्यो पूरा हुन सकेको छैन, कहिलेकाही एक्लै हुदा मनमा लागेको कुरा कबिता र गीतको बनाएर लेख्ने गर्छु , उहाँले भन्नुभयो,गीतसँगीत मेरो खुशी हो । जिन्दगीको एउटा पाटोको रुपमा लिएको छु ।
    रातोकलमसँगको कुराकानीमा उहाँले हामीलाई भन्दै जानुभयो,‘जब जब म आफ्नो भावना र भोगाइलाइ नजिक बाट महसुस गर्छु तब तब गीत र कविताहरु लेख्ने गर्छु । प्राय सबै गीत एकै महसुसमै लेखिसकेको छु ।
    उर्लाबारीको सुनगाभा बोर्डिङ र उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययन गर्नुभएको सरिता हाल वैदेशिक रोजगारको शिलशिलामा हाल साइप्रसमा हुनुहुन्छ ।
    गिती लेखन तपाईको रहर कि करियर हो भन्ने प्रश्नमा उहाँले भन्नुभयो, रहर र करियर भन्ने त सोचेको छैन तर मेरो आफ्नो भावना र कल्पनालाई आकार दिन खोजेको चाहिँ हो ।
    दर्शक श्रोताको माया पाए अझै राम्रा राम्रा सृजना पस्किने उहाँको भनाई छ ।

    सरिताको मन छुने गीत

    https://www.youtube.com/watch?v=FL8LKAlRqCA

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…